News Category 2079/12/13
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
मधेशमा मिनी छठ पर्वको रुपमा भनिदै आएको चैती छठ पर्व अन्तर्गत सोमवार साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिइएको छ । मंगलवार विहान उदाउँदो सुर्यलार्य अर्घ दिएपछी छठ पर्व सम्पन्न हुनेछ ।
शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाईने छठ सूर्य उपासनाको पर्व मानिन्छ । कार्तिकमा मनाउने छठ पर्वलाई मुख्य छठ पर्व मान्ने गरिएको छ भने चैतमा मनाउने छठलाई मिनी छठ पर्वको रुपमा लिइने गरिन्छ ।
यस अवसरमा कोही घर कै आंगनमा प्लास्टीकको पोखरी आकारको मोटो टबमा पानी जम्मा गरेर पोखरीको रुप दिई पुजाघाट निर्माण गरेका छन् भने कतिपय घर नजिकैको जलाशय किनारमा पुजाघाट बनाएर चैती छठ पर्वमा सहभागी भएका छन ।
यस अवसरमा राजविराज ८ का वरिष्ठ पत्रकार अनिलकुमार अनल आफ्नो घर कै आंगनमा प्लास्टिकको टबमा पानी जम्मा गरेर पुजाघाट बनाई सपरिवार छठ पुजामा सरिक भएका छन् ।
जलाशयहरु अहिले प्रदुषित अवस्थामा छन, उनले भने “स्वास्थ्य सुरक्षाको ख्याल गर्दै पनि घर कै आंगनमा प्लास्टिकको टबको माध्यमले अस्थायी पोखरी बनाएर छठ पर्व मनाउन थालेका हौ ।”
यता राजविराज नगर क्षेत्रको भगवती, कल्टु, तुरन्ती, पुर्णी र शिव लगायतका पोखरीमा बनाइएका पुजाघाटहरुमा पनि ब्रतालुहरु अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्वमा श्रद्धा पूर्वक सहभागी भएका छन् ।
तर, उनीहरुले पोखरी र आसपासको पुर्ण सरसफाई हुन नसक्दा प्रदुषित पानी र वातावरण मै भएपनि सूर्य देवताको पुजामा सहभागी भएको गुनासो पोखेका छन् । कार्तिकको छठको समयमा व्रतालुको संख्या धेरै भएर नदी पोखरीको नगरपालिका, सेना, प्रहरी र विभिन्न संघसंस्थाद्वारा सफा गरिने तर चैती छठमा व्रतालुको संख्या कम हुने भएर वेवस्ता गरिएको हुन सक्ने अधिकाँश व्रतालुले गुनासो गरेका छन् । छठ पर्व निष्ठापुर्वक मनाउँदा इच्छित मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ