News Category 2079/12/14
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
पछिल्लो पटक मंगलबार जिल्लाको कंचनरुप नगरपालिका ८ बेरियरस्थित ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीको कार्यालय आगाडि पुर्व पश्चिम लोकमार्गमा म्याजिकले बसलाई ठक्कर दिाद म्याजिक चालकसहित तीन जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को.१ज.२८९४ नं. को म्याजिकले बिपरित दिशातर्फ जादै गरेको को.१ख.४९९८ नं. को बसलाई ठक्कर दिदाँ दुबै सवारीमा सवार तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा म्याजिक चालक जिल्लाकै कंचनरुप ८ बस्ने २५ वर्षिय अशोक कुमार मण्डलको टाउँको र शरिरको विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै म्याजिकमा सवार स्थानिय ४० वर्षिय मुरालि पासवान र बसमा सवार सुनसरीको रामधुनि नगरपालिका २ बस्ने ७ वर्षिय आर्यान सरदार रहेका छन् ।
तीनै जनाको एमडिएस अस्पताल रुपनगरमा उपचार भईरहेको तथा बस, बस चालक र म्याजिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सोमबार जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका ३ पोर्ताहस्थित राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.१–०१–००१५प.४९२४ न. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक घाइते भएका छन् ।
घाइते हुनेमा झापाको हरिबारि गाउँपालिका ३ बस्ने ३९ वर्षिय खगेन्द्रप्रसाद लिम्बु रहेको प्रहरीले जनाएको छ । उनको बाँया खुटामा चोट लागेकोले भारदह अस्पतालमा उपचार पश्चात थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै सोमबारै राजबिराज नगरपालिका २ स्थित पुर्वबाट पश्चिम तर्फ आईरहेको ना.७ख. १८४१ नं.को ट्रकले तेतरीगाछीस्थित दोबाटोमा उत्तरबाट पुर्वतर्फ मोडिने क्रममा प्र.२–०१–००३प. ८५७२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक सप्तरीकै विष्णुपुर १ थलही बस्ने २३ वर्षिय सरिफ मन्सुर र पछाडी सवार तिलाठि कोइलाडी ८ बस्ने २२ वर्षिय छोटु मन्सुरी रहेका छन् । दुबै जनाको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ