News Category 2079/12/15
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
एउटा सानो गल्तिका कारण सप्तरीको दुई स्थानमा आगलगि हुँदा ६ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सो आगलागि बालबालिकाले लाइटर खेलाउँदै गर्दा आगो सल्केर भएको हो । घटनामा सम्पत्ति जल्नुका साथै एक महिला पनि घाईते भएकी छिन् ।
जिल्लाको खडक नगरपालिका ५ खोजपुरमा मंगलबार साँझ ४ वर्षिय बालक गोविन्द साहले जथाभावी ढंगले लाईटर खेलाउँदै गर्दा अचानक आगो सल्केर आगलागि हुँदा तीन लाख मुल्य बराबरको सम्पती जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार बालक र घरको समान जोगाउने क्रममा उनको २५ वर्षिया आमा मञ्जु देवी घाइते भएकी छिन । अनुहार पोलिएको उनको स्थानीय पोली क्लिनीकमा उपचार भइरहेको छ ।
हजुरबुवा रामवरण साहको घरमा आएको बेला नाती गोविन्दले लाइटर खेलाउँदै गरेको तर, अभिभावकले निगरानी गर्न नसक्दा त्यस्तो घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहको भनाइ छ ।
आगलागीमा साहको घरका साथै काठ, फर्निचर, खाद्यान्न, लत्ताकपडा र नगद ५० हजार गरी ३ लाखको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यता मंगलवार साँझै राजविराज नगरपालिका १५ देउरी भरुवास्थित बिलेती यादवको घरमा स–साना बालबालिकाले लाईटर खेलाउने क्रममा अचानक सल्केको आगोले फुसको घरका साथै गरगहना, धान, गहु, चामल र भाडाँवर्तन गरी तीन लाख बराबरको सम्पती नष्ट भएको छ ।
दुबै आगलागी स्थानीवासी, प्रहरी र बारुणयन्त्रको मद्दतले २ घण्टको प्रयास पछी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
गर्मी मौसम सुरुआत संगै चल्ने हावाहुरी तथा आवश्यक सर्तकता अपनाउन नसक्दा जिल्लामा दुई साता यता डेढ दर्जन भन्दा बढी आगलागीका घटना भएका छन । केही घटना विद्युत सर्ट भई देखिए पनि अधिकाँश घटना खाना पकाई सकेपछी चुलो राम्ररी ननिभाउने, बालबालिकाले जथाभावी प्रज्वलनशिल उपकरणबाट खेल्ने, चुरोट विडी खाएर जथाभावी प्mयाल्ने, लामखुट्टे धपाउन जथाभावी घुर बाल्ने लगायतका लापरवाहीका कारण भएको पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले अहिले आगलागीका घटना न्युनीकरणका लागी जिल्लाभर सचेतना अभियान चलाएपनी यस्ता घटनाहरुबाट सर्वसाधारणले पाठ सिक्न नसक्नु दुःखद छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ