News Category 2079/12/16
रामनवमीमा स्व. सिंहको सम्झना
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल सद्भावना पार्टीका संस्थागत अध्यक्ष एवं मधेशी अधिकारका लागि संगिठत अभियानका नेतृत्व गरेका स्व. गजेन्द्र नारायण सिंहको राजनीतिक योगदानको सम्झना गर्दै उनको जन्म जयन्ति बिहीबार मनाइएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सिंहको ९४ औं जन्म जयन्तिका अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा उनको शालिकमा माल्यार्पण तथा विचार गोष्ठीको आयोजना गरेको छ ।
जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, महिला नेतृ साधना झा, सीताराम मण्डल, उषा मण्डल लगायतले मधेशी अधिकारका लागि संगठित अभियान चलाएर सिंहले गरेको योगदान अविस्मरणिय रहेको उल्लेख गरे ।
यस्तै उनको सम्झनामा लोसपाले साँझ दिप प्रज्ववलन कार्यक्रम समेत गरेको छ । स्थानिय गजेन्द्र चौकमा दिप प्रज्ववलन गरेर उनलाई सम्झे ।
यसअघि बिहीबारै जसपाका यूवा नेता एवं हनुमाननगर कंकालिनी नगरपालिकाका निर्वतमान नगर प्रमुख शैलेश कुमार साहको अगुवाईमा नेता सिंहको शालिकमा माल्यार्पण, सरसफाई तथा मधेश आन्दोलनमा स्व. सिंहको योगदान विषयक विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।
हनुमाननगरको मुख्य बजार क्षेत्रमा स्थापना गरिएको शालिकमा माल्यार्पण पश्चात् आयोजित विचार गोष्ठीका सहभागिहरुले उनको राजनीतिक योगदानको सम्झना गरे ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहको बि.स. १९८५ सालमा रामनवमीकै दिन जन्म भएको थियो । प्रत्येक वर्ष उनका अनुयायीहरुले रामनवमी कै दिन विभिन्न कार्यक्रमको आयोजना गरि उनको जन्म जयन्ति मनाउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ