News Category 2079/12/16

दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते

दैनिक समाचारदाता

दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते भएका छन् । 
    पछिल्लो पटक बिहीबार बिहान १०ः३० बजे हनुमाननगर कंकालनि नगरपालिका ८ जोगिनियास्थित भारदह हनुमाननगर सडक खण्डमा हनुमाननगरबाट भारदहतर्फ जादै गेको स.१०प. २९३५ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको मधेश प्र.०६–००१प.७२२३ नं.को मोटरसाइकल एक आपसमा ठोकिएको छ । 
    दुबै मोटरसाइकल ठक्कर खाँदा स.१०प.२९३५ नं.को मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका ललापट्टी निवासी ३५ वर्षिय निरज मण्डल र मधेश प्रदेश ०६–००१ प.७२२३ नं.को मोटरसाइकल चालक कंचनरूप १ निवासी १८ वर्षिय श्रवण नायकको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ । 
    यस्तै सोही दुर्घटनामा मधेश प्रदेश ०६–००१ प.७२२३ नं.को मोटरसाइकल पछाडी सवार १५ वर्षिय सविन महतोको दाहिने हात र खुट्टामा चोट लागेकोले भारदह अस्पतालमा उपचार भइरहेको छ । 
    यस्तै जिल्लाको राजगढ गाउँपालिकामा बुधबार भएको मोटरसाइकल दुर्घटना एक महिलासहित पाँच जना घाइते भएका छन् । 
    राजगढ वडा नं. ५ मलेखपुरस्थित हुलाकी सडक खण्डमा पुर्बबाट पश्चिमतर्फ जादै गरेको स.८प. ८२४६ न. को मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । 
    ठक्करबाट पैदलयात्री भारतको वेस्ट बंगाल निवासी २० वर्षिय रिजाबुल मियाँ घाइते भएका छन् । सोही दुर्घटनामा मोटरसाइकल चालक वडा नं. ४ बस्ने ३४ वर्षिय भुपेन्द्र यादव र उनकी २६ वर्षिया श्रीमती मीना देवी यादवसमेत घाइते भएको प्रहरीले जनाएको छ । तिनै जनाको स्थानिय मेडिकलमा उपचार भईरहेको छ । 
    यसैगरि सोही दिन राजगढकै वडा नं. ३ झौरहा चौकमा झौरहा चौकबाट आन्द्रा मण्ठतर्फ जादै गरेको स.४प.९२६१ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको एचआर०२एयू३९३६ भारतीय प्लेट नं. को मोटरसाइकल ठोकिदा दुबैको सवारीको चालक घाइते भएका छन् । 
    घाइते हुनेमा स.४प.९२६१ नं. को मोटरसाइकल चालक वडा नं. १ निवासी २० वर्षिय दिपक साह र एचआर०२एयू३९३६ भारतीय प्लेट नं. को मोटरसाइकल चालक वडा नं. ६ निवासी २५ वर्षिय धर्मदेव मुखिया रहेका छन् । 
    दुबै जनालाई छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ भने दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट