News Category 2079/12/16
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते भएका छन् ।
पछिल्लो पटक बिहीबार बिहान १०ः३० बजे हनुमाननगर कंकालनि नगरपालिका ८ जोगिनियास्थित भारदह हनुमाननगर सडक खण्डमा हनुमाननगरबाट भारदहतर्फ जादै गेको स.१०प. २९३५ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको मधेश प्र.०६–००१प.७२२३ नं.को मोटरसाइकल एक आपसमा ठोकिएको छ ।
दुबै मोटरसाइकल ठक्कर खाँदा स.१०प.२९३५ नं.को मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका ललापट्टी निवासी ३५ वर्षिय निरज मण्डल र मधेश प्रदेश ०६–००१ प.७२२३ नं.को मोटरसाइकल चालक कंचनरूप १ निवासी १८ वर्षिय श्रवण नायकको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।
यस्तै सोही दुर्घटनामा मधेश प्रदेश ०६–००१ प.७२२३ नं.को मोटरसाइकल पछाडी सवार १५ वर्षिय सविन महतोको दाहिने हात र खुट्टामा चोट लागेकोले भारदह अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै जिल्लाको राजगढ गाउँपालिकामा बुधबार भएको मोटरसाइकल दुर्घटना एक महिलासहित पाँच जना घाइते भएका छन् ।
राजगढ वडा नं. ५ मलेखपुरस्थित हुलाकी सडक खण्डमा पुर्बबाट पश्चिमतर्फ जादै गरेको स.८प. ८२४६ न. को मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
ठक्करबाट पैदलयात्री भारतको वेस्ट बंगाल निवासी २० वर्षिय रिजाबुल मियाँ घाइते भएका छन् । सोही दुर्घटनामा मोटरसाइकल चालक वडा नं. ४ बस्ने ३४ वर्षिय भुपेन्द्र यादव र उनकी २६ वर्षिया श्रीमती मीना देवी यादवसमेत घाइते भएको प्रहरीले जनाएको छ । तिनै जनाको स्थानिय मेडिकलमा उपचार भईरहेको छ ।
यसैगरि सोही दिन राजगढकै वडा नं. ३ झौरहा चौकमा झौरहा चौकबाट आन्द्रा मण्ठतर्फ जादै गरेको स.४प.९२६१ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको एचआर०२एयू३९३६ भारतीय प्लेट नं. को मोटरसाइकल ठोकिदा दुबैको सवारीको चालक घाइते भएका छन् ।
घाइते हुनेमा स.४प.९२६१ नं. को मोटरसाइकल चालक वडा नं. १ निवासी २० वर्षिय दिपक साह र एचआर०२एयू३९३६ भारतीय प्लेट नं. को मोटरसाइकल चालक वडा नं. ६ निवासी २५ वर्षिय धर्मदेव मुखिया रहेका छन् ।
दुबै जनालाई छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ भने दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ