News Category 2079/12/16
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सप्तरीमा आत्महत्याका घटना निकै बढ्दै गइरहेको छ । दुई दिनमा एक पुरुष र एक किशोरी झुण्डिएर मृत अवस्थामा फेला परेका छन् भने एक महिलाले किरा मार्ने विषादी सेवन गरेकी छिन् ।
चालु आर्थिक वर्ष २०७९÷८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८१ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो पटक जिल्लाको कंचनरुप नगरपालिका ९ रुपनगर सरदार टोलका एक पुरुष पासो लगाई झुण्डिएर मृत अवस्थामा बिहीबार फेला परेका छन् ।
घरदेखी ७ सय मिटर दक्षिण रहेको सिताराम कबराको आँप बगैँचामा ५५ वर्षिय राजकुमार सरदार आँपको रुखको हाङ्गामा गलबन्दिको पासो लगाई झुण्डीएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानियले झुण्डीरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे इलाका प्रहरी कार्यालय कंचनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि जिल्लाको विष्णुपुर गाउँपालिका ३ मुसहरनिया टोल निवासी स्थानिय राम कुमार मण्डलकी १८ वर्षिया छोरी पुजा कुमारी मण्डल झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन् । उनी घरमा कोई नभएको अवस्थामा सुत्ने कोठाको बाँसको बलोमा कपडाको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले आत्महत्या नै देखाएपनि घरमा कोही नभएको बेला आत्महत्या गरेको देखिएको तथा कारण खुल्न नसकेको प्रहरीको भनाई छ । केही समय यता जिल्लामा आत्महत्याका घट्ना अत्यधिक बढेको पाइएको छ । जिल्लामा २०७८÷७९ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय ३६ जनाले ज्यान गुमाएका थिए ।
यता बिहीबार दिउँसो जिल्लाको डाकनेश्वरी नगरपालिका ६ बिसनपुर निवासी मो. राजाउलकी श्रीमती २२ वर्षिया ननकी खातुनले किरा मार्ने बिषादी सेवन गरेकी छिन् । विषादी सेवन पश्चात् उनी बिरामी भएपछि स्थानिय उमाकान्त कल्पना मेमोरियल अस्पताल पातोमा उपचारार्थ छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ