News Category 2079/12/16
“जय श्री राम” को नाराले बजार गुन्जियो
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
रामनवमीको अवसरमा राजविराज बजार क्षेत्र बिहीबार बिहानैदेखी “जय श्री राम” को नाराले गुन्जयमान भएको छ । राममन्दिरबाट हजारौंको संख्यामा निस्केको शोभायात्रामा सहभागि भक्तजनहरुले नगर परिक्रमका क्रममा लगाएको “जय श्री राम” को नाराले नगर गुन्जयमान बनाएको हो ।
हिन्दु नरसिंह सेना नेपाल सप्तरीको अगुवाईमा निकालिएका शोभायात्रामा हजारौं महिला÷पुरुष सहभागि भए । शोभायात्रामा भक्तजनहरु नाचगान गर्दै सहभागि भएका थिए ।

शोभायात्रामा यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सिके राउत पनि सहभागि भई भक्तजनको उत्साह बढाएका थिए । सो अवसरमा उनले हिन्दुधर्म प्रति आफ्नो विशेष आस्था र लगाव रहे पनि सबै धर्म, जातजातीप्रति उत्तिकै सम्मान रहेको बताए ।
यस अवसरमा राजविराज ६ स्थित राम मन्दिरका साथै अन्य स्थानमा रहेका राम मन्दिरहरुमा पनि बिहानैंदेखी दर्शनार्थीहरुको घुइचो लागेको थियो । भीड व्यवस्थापन गर्न तथा पूजापाठको सहज व्यवस्थापनका लागि मन्दिर समितिले स्वयंसेवक तथा जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरि आवश्यक सुरक्षा प्रबन्ध मिलाएको थियो ।
यस अवसरमा विश्व हिन्दु परिषद्, हनुमान आराधना मंडललगायत हिन्दुवादी संघ संगठन समेतले जिल्लाको विभिन्न स्थानमा शोभायात्रा निकालेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ