News Category 2079/12/17
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सप्तरीमा छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा एक महिलासहित ६ जना घाइते भएका छन् ।
जिल्लाको कंचनरुप नगरपालिका ८ बेरियर चोकस्थित पुर्बपश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको स.१ब.५११ नं.को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको छ । सो दुर्घटनामा पैदलयात्री मोरङको पथरीसनिश्चरे नगरपालिका ६ निवासी ५० वर्षिया शिवमुनि मण्डल घाइते भएकी छिन् ।
घाइते मण्डललाई उपचारका लागि एमडिएस अस्पताल रुपनगरमा भर्ना गरिएको प्रहरीले जनाएको छ भने मोटरसाइल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै शुक्रबारै जिल्लाको बोदेबर्साईन नगरपालिका ५ शत्रुध्न चोकस्थित हुलाकी सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको स.१च.१६५० न.को एम्बुलेन्सलाई मोटरसाइकलले ठक्कर दिदा मोटरसाइकल पछाडी सवार एक जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ बाटो काट्ने क्रममा स.४प.१०३८ न. को मोटरसाइकलले एम्बुलेन्सलाई ठक्कर दिदा पछाडि सवार पर्साको बिरगंज महानगरपालिका २० निवासी २० वर्षिय करण कुमार महतो घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानिय जिवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचार भईरहेको छ ।
मोटरसाइकल चालक फरार रहेकोले खोजतलास भइरहेको तथा दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको महादेवा गाउँपालिका १ चिम्टीस्थित हुलाकी सडक खण्डमा बिहीबार पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.२–०१–००२प.६२८९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ चालकसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्थानिय २३ वर्षिय मो. याकु र पछाडी सवार स्थानिय १८ वर्षिय मो. छठु छन् ।
दुवै जनाको स्थानिय मेडिकलमा उपचार भईरहेको तथा घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि बिहीबारै जिल्लाको कंचनरुप नगरपालिका ११ बक्सहा चोक नजिकै राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको स.७प.१०३१ नं. को मोटरसाइकल खाल्टोमा परि दुर्घटना हुदा चालकसहित दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक अग्निसाईर कृष्णसावरण ६ निवासी १९ वर्षका अजय कुमार साह र पछाडि सवार कंचनरुप ११ का २० वर्षिय श्रवन कुमार दास रहेका छन् । उनीहरुको मुख, दुबै घुडामा चोट र तीन वटा दाँत भाचेकोले स्थानिय धर्मेश्वर अस्पताल ठेलियामा उपचार भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ