News Category 2079/12/17
स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
नवनिर्वाचित स्ववियु पदाधिकारीहरूलाई शुक्रबार एक कार्यक्रमबीच प्रमाणपत्र तथा सम्मान गरिएको छ ।
गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनबाट समाजवादी विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बिजयी भएका थिए । सो प्यानलबाट सभापतिमा समाजवादी विद्यार्थी युनियनका रंजित यादबसहितका पदाधिकारीलाई प्रमाणपत्र बितरण गरिएको छ ।
यसैगरी समानुपातिक प्रणाली अन्तर्गत स्ववियु उपाध्यक्षमा जयकृष्ण यादब, निर्वाचित सचिवमा सुनिल, कोषाध्यक्षमा मेनुका साह र समानुपातिक प्रणालीवाट सहसचिवमा निर्वाचित गुडिया यादबका सदस्यहरूलाई प्रमाणपत्र तथा सपथ ग्रहण गराइएको छ ।
स्ववियु सदस्यहरूमा निर्वाचित कंचन ठाकुर, मोहम्मद जकाउल्लाह, राकेश यादब, नन्दन मण्डल, रमानन्द राम, बिनय कुमार यादब, प्रकाश यादब, पुरषोतम राय, प्रतीक्षा कुमारी यादब लगायतलाई पनि प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अवसरमा नवनिर्वाचित स्ववियु अध्यक्ष रंजित यादबले मबिव क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न र विद्यार्थीहरूको नियमित पठनपाठन सुचारू गर्न र विद्यार्थीहरूको हकहित, परीक्षा शाखामा देखिएको बेथिति, क्याम्पसमा विद्यार्थीको फर्म भर्नुको साथै दैनिकी समस्या र वातावरणलाई सहज बनाउने प्रतिबद्धता जनाएको छ ।
मबिव क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा निर्वाचन अधिकृत रामअशिष यादवको अध्यक्षतामा आयोजित प्रमाणपत्र बितरण तथा सपथग्रहण र सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कार्की, समाजसेवी भिमराज यादव, क्याम्पस प्रमुख राजिव मिश्रा, प्राध्यापक संघका अध्यक्ष पुषपेन्द्र झा, रूपनी गाउपालिका अध्यक्ष तथा पुर्व स्ववियु सभापति दिनेश यादब, पुर्व स्ववियु सभापति तथा जनता समाजवादी पार्टी सप्तरी अध्यक्ष केदार यादब, बिद्यार्थी कल्याण प्रमुख उमेश यादब, पुर्व स्ववियु सभापति रामचन्द्र यादब, पूर्वउपसभापति तारकेश्वर यादब, स्ववियु पूर्वसचिव जयप्रकाश यादब, स्ववियु पूर्वसदस्य पार्थाे सरकार लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ