News Category 2079/12/17
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा शुक्रबार एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित कंकालिनी मन्दिर र कोशि ब्यारेज सडक खण्डमा शुक्रबार बिहान बा.१९च.५५७६ नं. को कारको अगाडी भागको टायर पन्चर हुँदा अनियन्त्रि भई पल्टिएको हो ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको उक्त कारमा सवार सुनसरीको इनरुवा नगरपालिका ५ निवासी ६५ वर्षिय लिला बहादुर कार्कीको उपचारका क्रममा बिराटनगरस्थित नोबेल अस्पतालमा शुक्रबारै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते हुनेहरुमा कारका चालक खोटाङको मार्फा २ बस्ने ५९ वर्षिय राजकुमार नेपाल र कारमा सवार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १० गाईघाट बस्ने ८३ वर्षिय योग्य बहादुर कार्की छन् ।
उनीहरुको भारदहस्थित अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ