News Category 2079/12/17
ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्रको भवन बनाउन झकरैत दम्पतीद्वारा जग्गादान
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सप्तरीको तिरहुत गाउँपालिका निवासी एक समाजसेवी दम्पतीले ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्र भवन निर्माणका लागि लाखौ मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।
तिरहुत गाउँपालिका ५ लोहजराका समाजसेवी डम्बर नारायण झकरैत यादव र उनकी पत्नी सहावती देवीले ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र भवनका लागी आफ्नो नाममा रहेको एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन ।

राजविराजमा रहेको केन्द्रको क्षेत्रीय कार्यालयले सो गाउँपालिकामा उपकेन्द्र बनाउन जग्गा खोजी रहेका वेला झकरैत दम्पतीले निःशुल्क जग्गादान गरेर ठूलो गुण लगाएको केन्द्रकी मुख्य प्रभारी ब्रह्माकुमारी भगवती दिदीले बताईन ।
शुक्रवार मुख्य प्रभारी भगवती दिदी, दिपक भाई, बैजन्ती दिदी, मधुसुधन लाल देव, छिमेकी राष्ट्र भारत माउन्ट आबुका प्रशिक्षण विभागका प्रमुख रामचन्द्र भाई, वडा अध्यक्ष रमानन्द चौधरी सहितको गाउँ पुगेको टोलीलाई एक कार्यक्रमबीच झकरैत दम्पतीले जग्गा प्रदानको घोषणासहित कागजातहरु हस्तान्तरण गरेका छन ।
जग्गा पाएपछी प्रस्तावित निर्माणस्थलमा झण्डोत्तलन समेत गरिएको छ । केन्द्रकी मुख्य प्रभारी भगवती दिदीले झकरैत दम्पतीले जग्गा दिएपछी उपकेन्द्र भवन बनाउने बाटो खुलेको बताईन । उनले छिट्टै मालपोत कार्यलयबाट कित्ताकाट र केन्द्रको नाममा रजिष्ट्रेशन पास गराई निर्माण प्रकृया सुरु गरिने जानकारी दिइन ।
झकरैत दम्पतीका एक छोरा र दुई छोरी छन । दुबै छोरीको विवाह भइसकेको छ । छोरा दिनानाथ यादव पत्रकारिता पेशमा आवद्ध छन । समाजसेवा भनेपछी तुरन्त अग्रसर हुने आमा बुवाले ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बनाउन जग्गा खाँचो भएको जानकारी पाएपछी आफुसंग पनि सल्लाह गरेर जग्गा दान गरेको र यसमा आफुलाई पनि निकै गौरव र खुशी महसुस भएको छोरा दिनानाथ यादवले बताए ।
वडाअध्यक्ष रमानन्द चौधरीले केन्द्रको भवन निर्माणमा पालिकाबाट पनि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ