News Category 2079/12/19
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा को. बर्साइन प्रवेश गरेको छ ।
फाइनल प्रवेशका लागि तिलाठी, सकरपुरा र को. बर्साइन टिमबीच कडा प्रतिस्पर्धा रहेपनि नेट रन रेटको आधारमा वडा नं. ५ को. बर्साइन फाइनलमा स्थान बनाउन सफल भएको हो ।
आइतबार सम्पन्न खेलमा वडा नं. ३ सकरपुराले वडा नं. ८ तोपालाई ९ विकेटले पराजित गरेको छ । जितको लागि १५ ओभरमा ५७ रनको लक्ष्य सकरपुराले ३ ओभर २ बलमा १ विकेट गुमाई लक्ष्य हासिल गरेको थियो ।
सो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तोपाले निर्धारित १५ ओभरको खेलमा १३ ओभर ४ बलमा सबै विकेट गुमाई ५६ रन मात्र बनाउन सक्यो । तोपाका लागि धनराज मण्डलले सर्वाधिक २५ रन बनाएका थिए भने सरवन मण्डलले १० रनको योगदान दिएका थिए । सकरपुराका लागि साकेत सिंह र अमित मण्डलले ३÷३ विकेट लिए भने धनञ्जय झाले २ र सुरज मण्डलले १ विकेट लिएका थिए ।
जितको लागि ५७ रनको लक्ष्य सकरपुरा टिमले ३ ओभर २ बलमा एक विकेट गुमाई लक्ष्य हासिल ग¥यो । सकरपुराका लागि साकेत सिंहले अविजित ४१ रन बनाए । तोपाका लागि एक मात्र विकेट रविन्द्र मण्डलले लिएका थिए । उक्त खेलमा सकरपुराका साकेत सिंहलाई म्यान अफ द म्याच घोषित गरियो ।
यसअघि शनिबार सम्पन्न खेलमा सकरपुराले तिलाठीलाई ३ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ्ग गरेको तिलाठीले १६ ओभर ३ बलमा सबै विकेट गुमाई ११५ रन बनाएको थियो । जसमा शिव कामैतले सर्वाधिक ३९, लक्ष्मी रायले २९ र कारी झाले १४ रनको योगदान गरेका थिए । सकरपुराका लागि धनञ्जय झाले ४ ओभरमा १९ रन दिर ५ विकेट लिएका थिए भने अमित मण्डलले २ तथा साकेत सिंह र सुरज मण्डलले १÷१ विकेट लिएका थिए ।
जितको लागि ११६ रन पछ्याएको सकरपुरा १६ ओभर ५ बलमा ७ विकेट गुमाई विजयी हासिल गर्न सफल भयो । सकरपुराका लागि अमित मण्डलले सर्वाधिक ४८ रन बनाएका थिए भने साकेत सिंहले ३२ रन बनाएका थिए । तिलाठीका लागि चन्दन झाले ४ र कारी झाले ३ विकेट लिएका थिए । उक्त खेलमा सकरपुराका धनञ्जय झालाई म्यान अफ द म्याच घोषित गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
- 2082/11/13 आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
- 2082/11/13 फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
- 2082/11/13 विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
- 2082/11/12 सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी
- 2082/11/12 बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
- 2082/11/12 दिदी घर जान्छु भन्दै हिडेका युवा पोखरीमा मृत फेला
- 2082/11/12 समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
- 2082/11/12 सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ