News Category 2079/12/19
जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड
दैनिक समाचारदाता
राजबिराज, १९ चैत ।
जलवायु परिवर्तनले समुदायमा पारेको असरलाई नीति निर्माणमार्फत दलित तथा सिमान्तकृत वर्गको हकअधिकारलाई अध्ययन अनुसन्धान गरी उकास्नुपर्ने एक कार्यक्रममा जोड दिइएका छ ।
समता फाउन्डेशनले आइतबार राजविराजमा आयोजना गरेको जिल्लास्तरिय जलवायु परिवर्तनवाट पारेको प्रभाव सम्बन्धी छलफलमा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा समता फाउन्डेशनका निर्देशक उज्जवल सुनदासले प्रतिवेदन प्रस्तुत सप्तरी, सिरहा लगायतका ठाउमा जलवायु परिवर्तनले सुमदायमा कृषि, सुखा खडेरी, खेती योग्य जमिनमा घरघडेरी, बाढीको समस्या, उत्पादनमा कमि, बारीनालीमा किराको प्रकोपले बढी असर पारेको बताए ।
जलवायु परिवर्तनले समयमा खेतीयोग्य जमिनमा पानी नपर्दा, पानीको श्रोत, मानविय श्रोतको समुचित परिचालन तथा जनचेतनाको अभाव नै मुख्य समस्या हो उनले भने ।
प्रकोप नजान दिन पुर्व तयारी सँगै जोखिमवाट बच्न माथिल्लो तह र स्थानिय तहमा दिगो नीति निर्माणलाई कार्यान्वयन गर्न सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रम संयोजक रामपुकार महराले खासगरी जलवायु परिवर्तनको असर धेरै देखिनुको मुख्य कारण आर्थिक स्रोतको अभाव, पर्याप्त दक्ष जनशक्तिको अभाव, समयसापेक्ष जलवायु परिवर्तनबारे नीति, नियम, रणनीतिहरु नहुने यसको मुख्य समस्या भएको बताए । उनले भने, तराई र पहाडी जिल्लाहरुमा ठूलो मात्रामा किसानले लगाएको बालीनालीमा क्षति गरेर खाद्य संकट उत्पन्न भइरहेको छ ।
उक्त छलफलमा समता फाउन्डेशनका निर्देशक उज्जल सुनदास, कार्यक्रम संयोजक रामपुकार महरा, सिरहा मानव रक्षक सन्तोष बिसुन्खे, सप्तरी मानव रक्षक शंभु राम लगायतले सहजिकरण गरेका थिए । उक्त अवसरमा विभिन्न स्थानिय तहका प्रतिनिधि, संचारकर्मि तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ