News Category 2079/12/19
ट्याक्टर पल्टिदा चालकको मृत्यु, बोलेरोको ठक्करबाट एक बृद्धको ज्यान गयो

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
सप्तरीको बोदेवर्साइन नगरपालिकामा आइतबार बिहान ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ भने अर्को दुर्घटनामा बोलेरोको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।
सो नगरपालिका वडा नं. ३ सारस्वरस्थित पुर्वारी टोलमा ट्याक्टर पल्टिदा चालक सोही वडाका २२ वर्षिय पंकज यादवको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सारस्वरबाट धनगढीतर्फ जादै गर्र्दा अचानक अनियन्त्रित भइ सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमा लागी अस्पताल पठाइ घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै शनिबार जिल्लाको सुरुङ्गा नगरपालिका १ ईटा भठास्थित भेडियाबाट सिस्वारीतर्फ जादै गरेको बोलेरोले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्रीको घटनास्थलमै मृतयु भएको छ ।
स.१च.१४१९ नं. को बोलेरोले बिपरित दिशाबाट आईरहेको साईकल यात्री सोही नगरपालिका २ निवासी ६१ वर्षिय गम्भिर सिंह कार्कीलाई ठक्कर दिएको थियो । घटनापछि चालक फरार रहेको तथा सहचालक स्थानिय १८ वर्षिय दिलीप सदालाई प्रहरीले नियन्त्रणमा लिएको तथा उक्त घटना वारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ