News Category 2079/12/20
सवारी दुर्घटनामा दुई महिलासहित चार जना घाइते
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरीमा आइतबार र सोमबार भएको विभिन्न सवारी दुर्घटनामा परि दुई महिलासहित चार जना घाइते भएका छन् ।
पछिल्लो पटक सोमबार जिल्लाको खडक नगरपालिका ११ वडा कार्यालयस्थित हुलाकी सडक खण्डमा ट्याक्टर मोटरसाइकलमा ठोकिदा श्रीमान श्रीमति घाइते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.१त. १७०६ नं. को ट्याक्टरले बाटो काट्ने क्रममा सोहि दिशातर्फ जादै गरेको प्रदेश २–०१–००१– प.१६१६ नं. को मोटरसाइकलमा ठोकिन पुगेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक बोदेबर्साईन ८ निवासी २२ वर्षिय पप्पु ठाकुर र पछाडी सवार उनकी श्रीमती २० वर्षिया मधु देवी ठाकुर घाइते भएका छन् । दुबै जनाको उपचार छिन्नमस्ता अस्पताल राजबिराजमा भईरहेको तथा ट्याक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यता ट्याक्टर चालक फरार रहेकोमा खोजतलास जारि रिहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै आइतबार दिउँसो राजबिराज ८ स्थित सडकखण्डमा रुपनीबाट राजबिराज तर्फ आउदै गरेको स.१प.६४३३ नं.को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको स.१ज.२६४ नं.को म्याजिक एक आपसमा ठोकिदा मोटरसाइकल चालक घाइते भएका छन् ।
घाइते हुनेमा राजबिराज ८ निवासी ६० वर्षिय प्रदिप चौधरी रहेको प्रहरीले जनाएको छ । उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको तथा म्याजिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्याजिक चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरि आइतबारै बोदेबर्साइन ५ शत्रुध्न चौकस्थित हुलाकी सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको स.९ प.४६१२ नं.को मोटरसाइकलले विपरीत दिशाबाट जादै गरेको पैदल यात्रीलाई ठक्कर दिएको छ ।
ठक्करबाट बोदेबर्साइन ३ गौरा निवासी ४५ वर्षिया मदिना खातुन घाइते भएकी छिन् । उनको स्थानिय जिवन ज्योति अस्पतालमा उपचार भइहरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ