News Category 2079/12/20
गैरकानुनी रुपमा सरुवा गरेको प्रति शिक्षक महासंघको गम्भिर ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
नेपाल शिक्षक महासंघ सप्तरीले सप्तरीको विष्णुपुर गाउँपालिका १ स्थित फैजुल इस्लामियाँ थल्हीका प्रअ मो. शाहजहाँलाई गैरकानुनी रुपमा सरुवा गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका जिल्ला अध्यक्ष दिनेश प्रसाद यादवद्वारा सोमबार जारि विज्ञप्तिमा मो. शाहजहाँलाई सोही पालिका वडा नं. ५ स्थित जनता राप्रावि कट्टीमा सरुवा र सो विद्यालयका प्रअ रामचन्द्र यादवलाई मदरसामा प्रअको जिम्मेवारी दिएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गैरकानुनी सरुवा गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा धार्मिक प्रकृतीका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई दुःख दिने नियतले सरुवा गर्नु भनेको परम्भपरागत धार्मिक विद्यालय संचालन निर्देशिका २०७९ तथा शिक्षा ऐन नियमावली विपरित रहेको ठहर गरिएको छ ।
साथै यस्ता कार्यले सामाजिक सद्भाव बिथोल्ने प्रयास र शिक्षाको गुणस्तरीयता माथी ठाडो प्रश्न चिन्ह खडा भएको भन्दै अविलम्ब त्यस्ता सरुवाहरु खारेज गर्न भन्दै विज्ञप्तिमा मार्फत जोडदार माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ