News Category 2079/12/20
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
६६ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा सोमबार जिल्ला सहकारी संघ सप्तरीले राजविराजमा ¥याली, झाँकी प्रदर्शन तथा अन्तरक्रिया गरि मनाएको छ ।
आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सल्लाहकार तथा पुर्व गृहराज्यमन्त्री दिपक कुमार बास्कोटाले सहकारी व्यवसायको संरक्षणमा र प्रबद्र्धनमा राज्य गम्भीर नभएको आरोप लगाएका छ्न ।
कार्यक्रममा बोल्दै पुर्व गृहराज्यमन्त्री सापकोटाले सहकारीको संरक्षण र प्रबद्र्धनमा सरकार गम्भीर हुनुपर्नेमा भन्दै देशको अर्थतन्त्रलाई उकास्न सहयोग पु¥याउने सहकारी व्यवासायको संरक्षण र प्रबद्र्धनमा देशको तिनै तहका सरकार गम्भीर हुनु पर्नेमा जोड दिए ।
सहकारी संस्थाहरुको विरुद्ध खुलेयाम षड्यन्त्र हुदा समेत सरकारले टुलुटुलु हेरर बसिरकेको आरोप लगाउँदै उनले सहकारी संस्थाको हक अधिकार सुनिश्चितताका लागि सहकारीकर्मीहरु एकजुट हुनु जरुरी रहेको उल्लेख गरे ।
जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष विनोद कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साह, राष्ट्रिय सहकारी बैंक संचालक एवम् मधेश प्रदेश संयोजक विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी बैंक राजविराजा शाखा समवन्य उपसमिति संयोजक गणेश कुमार आस, तिरुहुत गाउँपालिकाका अध्यक्ष विजय प्रसाद यादव, कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुर, सप्तरी उधोग वाणिज्य संघका उपाध्यक्ष दुर्गानन्द साह, केन्द्रिय पशुपंक्षि सहकारी संस्थाका केन्द्रिय सदस्य तेज नारायण यादव, जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड सप्तरीका अध्यक्ष दिपेन्द्र आचार्य, त्रियुगा बहुमुखी सहकारी संस्था फत्तेपुरका अध्यक्ष चन्द्रशेखर चौधरी लगायतकाले सहकारी संस्थाको विकासमा सरकारी स्तरबाट नीति निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
जिल्ला सहकारी संघका सप्तरीका लेखा संयोजक सचिन्द्र दासद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सविता न्यौपानेले गरेकी थिइन् ।
यसअघि स्थानिय शिव मन्दिरमा भेला भएका जिल्लाभरीका सहकारीकर्मीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड तथा झाँकीसहित प्रभातफेरी निकालेर नगरपालिका परिक्रमा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ