News Category 2079/12/21

बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते

दैनिक समाचारदाता

बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते

दैनिक समाचारदाता
राजविराज, २१ चैत । 

    सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन जना घाइते भएका हुन् । 
    जिल्लाको कंचनरुप नगरपालिका वडा नं. १० बदगामास्थित पुर्ब पश्चिम राजमार्गमा यात्रुबाहक बसले अटोलाई ठक्कर दिदा अटोमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ । 
    पुर्बबाट पश्चिम तर्फ आउदै गरेको प्र२–०३–००१ख.०३३० नं. को बसले बिपरित दिशातर्फ जादै गरेको प्र२–०१–००१ ह.१२९६ नं. को अटोलाई ठक्कर दिदा अटो चालक कंचनरुप २ निवासी ४८ वर्षिय दिपेन साह र वडा नं. १ महादेवपट्टी निवासी २५ वर्षिय अजय कुमार राउत घाइते भएका छन् । 
    घाइते दुबैको धर्मेश्वर अस्पताल ठेलियामा उपचार पश्चात थप उपचारका लागि बिराटननगर पठाइएको तथा बस प्रहरीले नियन्त्रणमा लिई फरार रहेका चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै जिल्लाको खडक नगरपालिका ३ बनरझुलास्थित पुर्व–पश्चिँम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन् । 
    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१त.२२३ नं. को ट्याक्टरले बिपरित दिशातर्फ आँउदै गरेको प्र.२–०२–००३प.५१०७ न. मोटरसाइकललाई ठक्कर दिँदा चालक डाक्नेश्वरी नगरपालिका ७ निवासी ३५ वर्षिय राज कुमार साह घाइते भएका छन् । 
    उनको माँ धमिनि अस्पताल लहानमा उपचार भईरहेको र ट्याक्टर, मोटरसाइकल प्रहरीको नियन्त्रणमा तथा फरार ट्याक्टर चालकको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट