News Category 2079/12/21
प्रहरीले समाचार संकलनमा अवरोध गरेको भन्दै महासंघद्वारा खेद व्यक्त
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरी प्रहरीले समाचार संकलनमा अवरोध पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले मंगलबार विज्ञप्ति जारि गर्दै घटनाप्रति खेद व्यक्त गरिएको छ ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालयमै एक जना प्रहरी निरीक्षकबाट कुटपिट भएको खबर संकलनका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका पत्रकारलाई सूचना संकलनमा अवरोध पु¥याएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “महासंघका उपाध्यक्ष वैद्यनाथ यादव नेतृत्वको पत्रकारहरुको टोली समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहको आदेशमा पत्रकारलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा बन्देज लगाइएको छ । समाजलाई सु–सुचित गर्ने अधिकार बोकेका पत्रकारलाई घटना सम्बन्धी यर्थात जानकारी प्रहरीले नगराउनु भएको स्वतन्त्र प्रेसमाथि हस्तक्षेप भएको हाम्रो ठहर छ ।”
नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको भए पनि सप्तरी प्रहरीको यस्तो कदमले संविधानको समेत ठाडो उल्लघंन गरेको विज्ञप्तिमा भनिएको छ । पूर्ण प्रेसमैत्री भएको भनिरहने सप्तरी प्रहरीको यो रबैयालाई सहज रुपमा लिन नसक्ने र घटनाप्रति नेपाल पत्रकार महासंघले खेद व्यक्त गरेको छ ।
साथै आगामी दिनमा समेत यस्ता कदम नसच्याए प्रहरी विरुद्ध महासंघ संघर्षमा उत्रिन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ