News Category 2079/12/21
प्रहरीले समाचार संकलनमा अवरोध गरेको भन्दै महासंघद्वारा खेद व्यक्त
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरी प्रहरीले समाचार संकलनमा अवरोध पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले मंगलबार विज्ञप्ति जारि गर्दै घटनाप्रति खेद व्यक्त गरिएको छ ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालयमै एक जना प्रहरी निरीक्षकबाट कुटपिट भएको खबर संकलनका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका पत्रकारलाई सूचना संकलनमा अवरोध पु¥याएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “महासंघका उपाध्यक्ष वैद्यनाथ यादव नेतृत्वको पत्रकारहरुको टोली समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहको आदेशमा पत्रकारलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा बन्देज लगाइएको छ । समाजलाई सु–सुचित गर्ने अधिकार बोकेका पत्रकारलाई घटना सम्बन्धी यर्थात जानकारी प्रहरीले नगराउनु भएको स्वतन्त्र प्रेसमाथि हस्तक्षेप भएको हाम्रो ठहर छ ।”
नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको भए पनि सप्तरी प्रहरीको यस्तो कदमले संविधानको समेत ठाडो उल्लघंन गरेको विज्ञप्तिमा भनिएको छ । पूर्ण प्रेसमैत्री भएको भनिरहने सप्तरी प्रहरीको यो रबैयालाई सहज रुपमा लिन नसक्ने र घटनाप्रति नेपाल पत्रकार महासंघले खेद व्यक्त गरेको छ ।
साथै आगामी दिनमा समेत यस्ता कदम नसच्याए प्रहरी विरुद्ध महासंघ संघर्षमा उत्रिन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ