News Category 2079/12/24
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
सप्तरी सदरमुकाम राजविराज, हनुमाननगर कंकालिनी र शम्भुनाथको छुट्टाछुट्ट स्थानमा बिहीबार भएको आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राजबिराज वडा नं. १५ देउरी भरुवा निवासी धर्मदेव यादवले थ्रेसरबाट गहु दाउने क्रममा अचानक आगलगि हुँदा चार जनाको घर, नगद तथा अन्नपात जलेर नष्ट हुँदा अन्दाजी ११ लाख ३५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सो आगलागिमा धर्मदेव यादवको फुसको घर, स्थानिय नरायण मण्डलको फुसको घर तथा नगद १ लाख २५ हजार, कुशे मण्डलको फुसको घर तथा छेबु मण्डलको फुस घरगरि उक्त मुल्य बराबरको क्षति भएको हो ।
यस्तै बिहीबारै हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १३ गोबरगाडास्थित बिसुनदेब यादवको फुसको घरमा खाना पकाउने क्रममा आगलगी भई हुँदा नगद ६५ हजार, लत्ताकपडा, आखन्न लगायतगरि १ लाख २३ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरि बिहीबारै जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ नरहिया निवासी चुलाही सरदारको परालको टालमा अचानक आगोलागि हुंदा ४० जहार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै बिहीबारै राजविराज नगरपालिका वडा नं. ११ झलही निवासी बालेश्वर यादवको परालको टालमा अचानक आगलागी हुँदा १५ हजार मुल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सम्पूर्ण स्थानमा भएको आगलागिलाई नेपाल प्रहरी, बारुणयन्त्र र स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ