News Category 2071/08/22
दुई सशस्त्र समूहले हतियार बुझायो हतियार बुझाएर संविधान निर्माण प्रक्रियामा सहयोग ः संयोजक ढुङ्गाना
दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
सरकारसँग वार्तारत दुई वटा सशस्त्र समुहले आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा हतियार बुझाएका छन् ।
मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी र तराई संयुक्त जनतान्त्रिक पार्टी नेपालले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित एक कार्यक्रममा विभिन्न हतियारहरु बुझाएका हुन ।
संवैधानिक समितिका संयोजक एवं सरकारी वार्ता टोलीका संयोजक आनन्द प्रसाद ढुङ्गानाको विशेष उपस्थितिमा मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका वार्ता टोली संयोजक रणविरसिंह भनिने रामबाबु यादवले एसएमजी १ थान, म्याग्जीन १ थान, त्यसमा लाग्ने ६ राउण्ड गोली, ९ एमएमको १ थान गोली, राईफल ३ थान, ५ थान गोली, कटुवा पेस्तोल, कार्टिज १ थान, १२ बोल्टको कार्टिज ४ थान, क्यामराको प्mल्यास १ थान र नियोजेल विष्फोटक पदार्थ २ थान सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवलाई बुझाएका हुन ।
त्यस्तै तराई संयुक्त जनतान्त्रिक पार्टी नेपालका वार्ता टोली संयोजक भुवनेश्वर मण्डलले राईफल २ थान र त्यसमा प्रयोग हुने ९ एमएमको गोली ९ थान प्रजिअ यादवलाई बुझाए ।
सो कार्यक्रममा संवैधानिक समितिका सचिव मुकुन्द शर्मा, सभासद्हरु धर्मनाथ साह र रंजित कर्ण, वरिष्ठ प्रहरी उपरिक्षक रमेश भट्टराई, प्रहरी उपरिक्षक दानसिंह बोहरा, सशस्त्र प्रहरी उपरिक्षक हृदयनारायण मण्डल, श्रीकृष्ण दल गणका गणपति भुवनेश्वर प्रसाद आचार्य, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा संवैधानिक समितिका संयोजक आनन्द प्रसाद ढुङ्गानाले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई अगाडी बढाउनका लागि सप्तरीसहित पर्सा, कपिलबस्तु, धनुषा, झापा र हेटौडामा सशस्त्र समूहहरुसँग गरिएको वार्ता अनुसार नै हतियार बुझाउने र बुझ्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले सशस्त्र समूहहरुले हतियार बुझाएर संविधान निर्माण प्रक्रियामा सहयोग पुगेको बताउनुहुँदै हतियार बुझाउनु सशस्त्र समूहहरुको शान्तिपुर्ण राजनीतिमा समावेश गराउने प्रतिबद्धता समेत प्रकट गर्नुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा संयोजक ढुङ्गानाले जयकृष्ण गोइत र ज्वाला सिंहलाई संविधानसभा मार्फत नै वार्तामा आउन आग्रह समेत गर्नुभयो ।
हतियार बुझाएका सशस्त्र समूहले सरकारसँग २०७१ असोजमा जनकपुरमा गरेको वार्ताको निर्णय अनुसार नै हतियार बुझाएको हो । यसअघि दुबै समूहले धनुषामा प्रशासनलाई शनिबार हतियार बुझाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ