News Category 2079/12/26
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी तथा म्याजिकको ठक्करबाट महिला घाइते

दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
राजबिराज नगरपालिका वडा नं. २ झलहि नहरमा आइतबार बिहान एक मोटरसाइकलले अर्को मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दुबै मोटरसाइकलका चालकसहित छोराछोरी घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जादै गरेको स.५प.६४३० नं. को मोटरसाइकललाई पछाडिबाट बीआर५०आर७७३० न. को. मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट स.५प.६४३० न.को मोटरसाइकल चालक राजविराज ११ का ३० वर्षिय जय प्रकाश यादव, पछाडि सवार उनकी १० वर्षिया छोरी किरण कुमारी यादव र ७ वर्षिय छोरा मनिष कुमार यादव घाइते भएका छन् । यस्तै बीआर५०आर७७३० न. को. मोटरसाइकल चालक तलाठि कोईलाडि २ लौनिया निवासी ४५ वर्षिय भुपेन्द्र कुमार मंडल पनि घाइते भएका छन् ।
चारै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको तथा दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि राजविराज वडा नं. ६ नेता चौकस्थित उतरबाट दक्षिणतर्फ आउदै गरेको स.१ज.३१० नं.को म्याजिकले सोही दिशा तर्फबाट आउदै गरेको साईकल यात्रिलाई ठक्कर दिएको छ ।
ठक्करबाट राजविराज ११ झल्ही निवासी ४० वर्षिया धनेश्वरी देवीलाई पछाडीबाट ठक्कर दिँदा उनको टाउँको, ढाड र दाहिने खुट्टामा चोट लागेको छ । उनको गजेन्द्र नारायण सिँह अस्पताल राजविराजमा उपचार भईरहेको तथा उपचारमा म्याजिक चालक राजविराज वडा नं. ११ सखुवा बस्ने ३६ वर्षिय रामचन्द्र मोचि संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ