News Category 2079/12/26
रुपनी गाउँपालिकाद्वारा विद्यालय व्यवस्थापन समिति महासंघका नवमहासचिव ठाकुर सम्मानित
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रीय महासचिवमा निर्वाचित दुर्गानन्द ठाकुरलाई आइतबार रुपनी गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा पालिका अध्यक्ष दिनेशकुमार यादवले सम्मान पत्र तथा दोसल्ला ओढाई नवनिर्वाचित महासचिव ठाकुरलाई सम्मान गरेका हुन् ।
रुपनी गाउँपालिकास्थित कन्छु नरप्रताप माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षका रुपमा प्रतिनिधित्व गर्दै ठाकुर सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको मधेस प्रदेश समितिको अध्यक्ष तथा केन्द्रीय महासचिव पदमा निर्वाचित भएका हुन् ।
चैत २१ र २२ गते काठमाडौंमा आयोजित सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलन तथा तेश्रो महाधिवेशनवाट ठाकुर महासचिव पदमा निर्वाचित भए ।
आफ्नो गाउँपालिका अन्तर्गतको विद्यालय व्यवस्थापन समिति अध्यक्षका रुपमा प्रतिनिधित्व गर्दै प्रदेश र केन्द्रीय समितिमा रुपनी गाउँपालिकासंगै समग्र जिल्लाको गौरब बढाएको भन्दै गाउँपालिकाद्वारा ठाकुरलाई सम्मान गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले बताए । ठाकुर कन्छु नर प्रताप माविको लगातार दुई कार्यकालदेखि अध्यक्ष पदमा निर्वाचित हुंदै आएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ