News Category 2079/12/26
रुपनी गाउँपालिकाद्वारा विद्यालय व्यवस्थापन समिति महासंघका नवमहासचिव ठाकुर सम्मानित
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रीय महासचिवमा निर्वाचित दुर्गानन्द ठाकुरलाई आइतबार रुपनी गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा पालिका अध्यक्ष दिनेशकुमार यादवले सम्मान पत्र तथा दोसल्ला ओढाई नवनिर्वाचित महासचिव ठाकुरलाई सम्मान गरेका हुन् ।
रुपनी गाउँपालिकास्थित कन्छु नरप्रताप माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षका रुपमा प्रतिनिधित्व गर्दै ठाकुर सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको मधेस प्रदेश समितिको अध्यक्ष तथा केन्द्रीय महासचिव पदमा निर्वाचित भएका हुन् ।
चैत २१ र २२ गते काठमाडौंमा आयोजित सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलन तथा तेश्रो महाधिवेशनवाट ठाकुर महासचिव पदमा निर्वाचित भए ।
आफ्नो गाउँपालिका अन्तर्गतको विद्यालय व्यवस्थापन समिति अध्यक्षका रुपमा प्रतिनिधित्व गर्दै प्रदेश र केन्द्रीय समितिमा रुपनी गाउँपालिकासंगै समग्र जिल्लाको गौरब बढाएको भन्दै गाउँपालिकाद्वारा ठाकुरलाई सम्मान गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले बताए । ठाकुर कन्छु नर प्रताप माविको लगातार दुई कार्यकालदेखि अध्यक्ष पदमा निर्वाचित हुंदै आएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ