News Category 2079/12/26
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
विश्व हिन्दु परिषद् नेपाल सप्तरीले हनुमान जयन्तिका क्रममा निकालिएको शोभायात्रालाई विभिन्न बहाना देखाई जनकपुरको जानकी मन्दिर पथ प्रवेशमा रोक लगाइएको भन्दै तिब्र असन्तुष्टिसहित गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
परिषद्का जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा आइतबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।
मुश्लिम धर्मावलम्बीहरुले मोहरम पर्वमा घरेलु हातहतियारसहित बिभिन्न मठ, मन्दिर भएको बाटो प्रयोग गर्न पाउने तर हिन्दु धर्मावलम्बीहरुलाई रोक लगाउनु आश्चर्यको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा यसतर्फ बेलैमा ध्यान दिन र भविष्यमा यस्ता प्रतिबन्ध लगाउने काम नहुने गरि सम्बन्धीत प्रशासनलाई निर्देशन दिन माग गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तथा मधेशी आयोगलाई समेत बोदार्थ दिइएको ज्ञापनपत्रमा गत चैत २३ गते हनुमान जन्मोत्सवको अवसर पारेर परिषद् तथा विभिन्न हिन्दुवादी धार्मिक संगठनद्वारा जनकपुरमा आयोजना गरिएको शोभायात्रा जानकी मन्दिर परिक्रमा पथमा पुग्न खोज्दा स्थानिय प्रशासनले प्रवेशमा रोक लगाएर सनातन हिन्दु धर्म र सोप्रति आस्था राख्ने हजारौं हिन्दुहरुको भावनामाथी कुठाराघात गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ