News Category 2079/12/27
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका ७ स्थित कल्याणपुर बजार क्षेत्रमा आइतबार साँझ मोटरसाइकललाई कारले ठक्कर दिएपछि अनियन्त्रित भई ट्रकमा ठोकिन पुग्दा १० वर्षिया नाबालिक छोरीको ज्यान गएको छ भने बाबु गम्भिर घाइते भएका छन् ।
सो दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका ९ बगा टोल निवासी १० वर्षिया ऐन्जिला बस्नेतको ज्यान गएको हो । दुर्घटनामा उनका ३६ वर्षिय बुबा ध्रुब बस्नेत गम्भिर घाइते भएका छन् ।
पाखुरा, खुटा र छातीमा चोट लागेको उनको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । ऐन्जिलाको भने सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले चलाइरहेको को.१५प. १९१ नम्बरको मोटरसाइकललाई सुरुमा विपरीत दिशाबाट आइरहेको बा.३च.५२९३ नम्बरको कारले ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भई पूर्वबाट पश्चिम तर्फ तिब्र गतिमा जाँदै गरेको ना.६ख. ९८५२ नम्बरको ट्रकमा ठोकिन पुग्दा सो दुखद घटना भएको हो ।
कार, ट्रक तथा दुबैका चालकलाई नियन्त्रणमा लिई दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ