News Category 2079/12/28
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति

दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
सप्तरीको कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका र महादेवा गाउँपालिकामा आगलागि दुई जना घाइते भएका छन् भने आगलागिमा ६ घर गरि २४ लाख मुल्य बराबरको क्षति भएको छ ।
मंगलबार बिहान कंचनरुप नगरपालिका १ बैरवामा आगलागि हुँदा दुई जना घाइते भएका छन् भने तीन घर समेत जलेर ९ लाख मुल्य बराबरको क्षति भएको छ ।
स्थानिय बिनय खंगको भान्सा कोठाबाट खाना पकाउने क्रममा सल्केको आगो फैलिएर उनका साथै छिमेकी रामेश्वर खंग र धुरेन्द्र खंगको घर पनि नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
अचानक भएको आगलागि निभाउने क्रममा ५२ वर्षिय बिनय खंग र ३५ वर्षिय गजिन्द्र सदा घाइते भएका छन् । जलेर गम्भिर घाइते भएका बिनय खंगलाई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ भने गजिन्द्रको स्थानिय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फुस र टाटीको बेराले बनेको घर, लत्ताकपडा, भाडाकुडा र खाद्यान्न सबै जलेर बिनयको ५ लाख, रामेश्वरको २ लाख ५० तथा धुरेन्द्रको १ लाख ५० हजार गरि ९ लाख मुल्य बराबरको सम्पत्ति नष्ट भएको छ ।
यता सोमबार राती जिल्लाको रुपनी गाउँपालिकामा आगलागि हुँदा दुई घर जलेर नष्ट भई १० लाख बराबरको क्षति भएको छ ।
वडा नं. २ स्थित रामनारायण साहको घरमा बिद्युत सर्ट भई आगलागि हुँदा उनका भाई शिवनारायण साहको समेत घर जलेर नष्ट भई सो परिमाणको क्षति भएको डिएसपी सिंहले जानकारी दिए ।
आगलागिमा तीन वटा पशु चौपायासमेत जलेर मरेको उनले बताए । दुबै ठाउँको आगलागि नियन्त्रणका लागि शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुणयन्त्र तथा प्रहरी र स्थानियवासीको मद्दतले दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोमबारै महादेबा २ बस्ने जय कुमात पैकराको घरमा विद्युत सर्ट भई आगलागि हुँदा टाटी र जस्ताले छाएको ३ तल्ले फुसको घर पुर्ण रुपमा जल्दा ४ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ । सो आगलागिमा छिमेकी सुरेश इसरको घरको घरमा क्षति हुँदा ५० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोही दिन जिल्लाको शम्भुनाथ नगरपालिकास्थित सव डिभिजन वनकार्यालयको प्राङगणमा राखिएको पुरानो काठहरुमा अचानक आगलागि भएको छ । सो आगलागिमा १५ वटा गुलिया काठ जलेर नष्ट हुँदा एक लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ