News Category 2079/12/30

जेठानीले देउरानीमाथी उम्लिएको पानी खन्याइन्

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज ३० चैत । 

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ जोगिनियाँमा जेठानीले देउरानीमाथी उम्लिएको पानी खन्याएकी छन् । 
    जेठानी उर्मिला देवी चौधरीले देउरानी रिन्जुकुमारी चौधरीको शरीरमा भकभकी उम्लिरहेको तातो पनी खन्याइएपछि गम्भिर घाइते भएकी छिन् । 
    २५ वर्षिया रिन्जुमाथी बुधबार राती ८ बजेतिर ३० वर्षिया जेठानी उर्मिलाले खाना पकाउने क्रममा विवाद हुँदा जिउमा चुल्होमा तात्दै गरेको पानी खन्याएको प्रहरीले जनाएको छ ।
    उनको टाउँको, अनुहार, छाती लगायत शरीरको विभिन्न भागमा पोलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घरायसी विवादमा जेठानीले त्यस्तो कदम चालेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । 
    घाइते रिन्जुको धरानस्थित विपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनापछि जेठानी फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट