News Category 2080/01/03

तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति

दैनिक समाचारदाता

तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख । 

    सप्तरीको राजगढ गाउँपालिकामा शनिबार आगलागि हुँदा तीन दाजुभाईको तीन वटा गाईगोठ जलेर नष्ट भएको छ । सो आगलागिमा ४ लाख ५० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  
    वडा नं. १ झुटकी पछवारी टोल बस्ने प्रयागलाल यादव, गोबिन्दलाल यादव र अयोधा यादब तिनै दाजु भाईको गोठ र परालको टालमा आगलागी भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार तीनै दाजुभाईको गाईगोठसहित परालको टाल जल्दा १ लाख ५० हजारको दरले ४ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको हो । 
    नेपाल प्रहरी, दमकल र स्थानिहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट