News Category 2080/01/03
सवारी दुर्घटनामा तीन जना घाइते

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी र अग्निसाइर कृष्णासवरण गउँपालिकामा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।
हनुमाननगर कंकालिनि नगरपालिका ५ निवासी ६० वर्षिय हरि किसुन मुखिया आप्mनै घर अगाडि बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिदा घाइते भएका छन् ।
सकरपुराबाट भारदहतर्फ जादै गरेको को.३३.प.४०४८ नं.को मोटरसाइकलले उनलाई शनिबार ठक्कर दिएको हो । हाल उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै शनिबारै जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ प्रसवनी टोलस्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल एकआसपमा ठोकिदा दुबैको चालक घाइते भएका छन् ।
उत्तरबाट पश्चिमतर्फ जादै गरेको स.१०प.६९३७ नं. को मोटरसाइकलले बिपरित दिशाबाट आउदै गरेको स.२प.३६४६ नं. को मोटरसाइकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट स.१०प.६९३७ नं. को मोटरसाइकल चालक सोही गाउँपालिका २ निवासी २२ वर्षिय योगेश चौधरी र स.२प.३६४६ नं. को मोटरसाइकल चालक जिल्लाको सुरुङगा नगरपालिका ७ बस्ने २३ वर्षिय अरबिन्द कुमार साह घाइते भएका छन् ।
दुबै घाइतेको छिन्नमस्ता अस्पताल राजबिराजीमा उपचार भईरहेको तथा दुबै मोटरसाइकल प्रहरी नियन्त्रणमा राखि घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ