News Category 2080/01/04
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
सप्तरीको खडक नगरपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटना एक महिला र बाबुछोरासहित तीन जना घाइते भएका छन् ।
जिल्लाको खडक नगरपालिका १ सिस्वास्थित सोमबार भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन् ।
उत्तरबाट दक्षिणतर्फ जादैँ गरेको स.७प.५८९७ नं. माटरसाइकलले स्थानिय २५ वर्षिया गिता देवी रामलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नै घर अगाडी भैँसीका लागि पराल काटिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट राम बेहोस भएकोले कामना अस्पताल लहानमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक स्थानिय २२ वर्षिय कासेन्दर राम फरार रहेकोले खोजिकार्य भइरहेको तथा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि आइतबार जिल्लाकै कंचनरुप नगरपालिका १० बदगामामा नम्बर नखुलेको मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्बतर्फ जादै गरेको प्र.२–०१–००३प.२६४४ नं. मोटरसाइकललाई नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा प्र.२–०१–००३प.२६४४ नं. को चालक अग्निसाईर कृष्णसवरण ६ बस्ने २५ वर्षिय सुमन परियार र पछाडी सवार उनका बुबा ५८ वर्षिय संतोष परियार घाइते भएका छन् ।
दुबै जनालाई धर्मेश्वर अस्पताल ठेलियामा उपचार भईरहेको छ भने दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई फरार रहेका चालकको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ