News Category 2080/01/06
अटो दुर्घटनामा चालकका बाबु र नातिनी तथा मोटरसाइकलको ठक्करबाट बालक घाइते
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरी शम्भुनाथको शम्भुनाथ नगरपालिका वडा नं. ३ ट्राफिक चौकस्थित पुर्व पश्चिम राजमार्गमा बुधबार अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना यात्रु घाइते भएका छन् ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र.२–०१ –००१स.१३४९ नं.को अटो आफै अनियन्त्रित हुदा अटोमा सवार चालकको बुवा स्थानिय ७५ वर्षिय रामजी साह र चालकको नातिनि २ वर्षिय खुसी कुमारी साह घाइते भएका छन् । उनीहरु मध्ये बुबा रामजीको युनिक तथा नातिनिको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै शम्भुनाथकै वडा नं. ३ कचन्दाहास्थित भित्रि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् ।
दक्षिणबाट उतर तर्फ जादै गरेको प्र.२–०१–००३प.३६०१ नं.को मोटरसाइकलले स्थानिय अंजनि चौधरीका २ वर्षिय छोरा आदित्य चौधरीलाई वाटो काट्ने क्रममा ठक्कर दिएको हो ।
ठक्करबाट बालकको टाउँकोमा चोट लागेपछि गजेन्द्र नारायण सिँह अस्पताल राजविराजमा समान्य उपचार पश्चात थप उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालक वडा नं. ४ बस्ने ३४ वर्षिय दिपेन्द्र कुमार भगत प्रहरी नियन्त्रणमा रहेको तथा घटना वारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ