News Category 2080/01/08
कारागारमा कैदीको चाप हुँदा त्रासमा कैदीबन्दी, एक जना कैदीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
मानव वेचविखन ओसार पोसार मुद्दामा राजविराज कारागारमा जेल जिवन विताईरहेका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।
विगत दुई वर्षदेखि मानव वेचविखन ओसार पोसार मुद्दामा कैदी जिवन बिताइरहेका सप्तरीको महादेवा गाउँपालिका ३ बथनाहाका ५४ वर्षिय मिथलेश कुमार यादवको विहिवार मध्यराती उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी केही दिन यता कलेजो रोगबाट पीडित भएको तथा दिनहु जसो स्थानीय गजेन्द्र नारायण सिह अस्पताल उपचारका लागी प्रहरीको निगरानीमा पुग्ने गरेको कारागारका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिएका छन् ।
विहिवार साँझ अचानक छातीमा पीडा र खुट्टा सुन्निएपछी उनलाई उपचारका लागी स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको तथा अवस्था जटिल बन्दै गएपछी थप उपचारका लागी विराटनगरस्थित कोशी अस्पताल पठाइएको र उपचारकै क्रममा मध्यराती तिर उनको मृत्यु भएको जेलर किशोर रामले जानकारी दिए ।
सप्तरी जिल्ला अदालतले सो मुद्दामा उनलाई ५ वर्ष कैद सजाय तोकेपछि २०७७ साल चैत्त ११ गतेदेखि उनी कैद भुक्तानका लागी कारागारमा रहेको राजविराज कारागारका सूचना अधिकारी यादवले बताए ।
मुतकको शव शुक्रवार विराटनगरबाट ल्याइ आफन्तलाई बुझाइएको सकिएको तथा मृतककी पत्नी मन्जुले शव संगै किरिया खर्च वापत ११ हजार तथा यातायात खर्च वापत २ हजार ५ सय रुपैया बुझिलिएको कारागार प्रशासनले जनाएको छ ।
एक सय ५५ जना क्षमता भएको राजविराज कारागारमा अहिले क्षमता भन्दा तेब्बर ३ सय ९१ जना कैदीबन्दी राखिएका छन् । कोठाको अभावमा कोचाकोच गरी राख्दा अन्य कैदी बन्दी पनि रोग सर्ने भयले त्रासमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ