News Category 2080/01/10

लेनदेन र करणी मुद्दाका दुई फरार अभियुक्त पक्राउ

दैनिक समाचारदाता

लेनदेन र करणी मुद्दाका दुई फरार अभियुक्त पक्राउ

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 

    सप्तरी प्रहरीले जिल्लाको दुई स्थानबाट लेनदेन र जबरजस्तीकरणी मुद्दाका दुई फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । 
    जिल्लाको रुपनी गाउँपालिकाबाट लेनदेन विगो मुद्दामा जरिवाना र कैद तोकिएका वडा नं. १ निवासी ४१ वर्षिय अब्दुल्हालाई पक्राउ गरेको जनाएको छ । 
    प्रहरीका अनुसार अदालतले सो मुद्दामा उनलाई ८ लाख जरिवाना र ६ महिना कैदको फैसला गरेको थियो । अदालतको फैसला पछि उनी फरार थिए । पक्राउ परेका उनलाई आवश्यक कार्बाहिका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
    यस्तै शनिबारै जबरजस्तीकरणी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कंचनरुप नगरपालिका ६ घोघनपुर निवासी २३ वर्षिय मो. अकमललाई पक्रउा गरेको हो । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट