News Category 2080/01/20
विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
राजविराज ५ निवासी डा. उज्जवल देवले टिकोटालो भएपनि गोत्र नमिल्दा विवाह रद्द भएको दाबी गरेका छन् ।
एकसाता अघि सोही वडाकी करिश्मा चौधरीले श्रीमान डा. देवले आफूमाथी घरेलु हिंसा गरेको भन्दै न्यायका लागि सप्तरी जिल्ला अदालतमा मुद्दा दायर गरेपछि न्यायाधिश हरिशचन्द्र ईङगनामको इजलासले देव परिवारलाई जनही ३ हजार रुँपैया जरिवाना तथा प्रति महिना १० हजार रुँपैया मानाचामल भरणपोषण वापतको खर्च पीडित महिला करिश्मालाई दिने फैसला गरेको थियो ।
अदालतले देव परिवारलाई जायजेथाको ४ भाग अंश लगाई त्यस मध्येका एक भागको आधा करिश्माले पाउने फैसला समेत गरिसकेको बेला डा. देवले यस्तो दाबी गरेका हुन् ।
बुधबार संचारकर्मीमाझ उनले करिश्मासँग आफूले बिहे नै नगरेको दाबी गर्दै न्यायका लागि उपल्लो अदालतमा जाने बताएका छन् । विवाह रोकिदा केटी पक्षबाट आफ्नो चरित्र हत्याको प्रयास भइरहेको समेत उनले गुनासो गरेका छन् ।
उनले भने “तीन महिनाअघि टिकोटालो भएको हो, तरपछि गएर गोत्र र उमेर नमिलेको तथा नजिकको नाता पर्ने देखिएपछि विवाह रोकिएको हो ।’ उनले करिश्माले दाबी गरे झै विवाह भएको तथा दाइजो मागेको कुनै प्रमाण भेटिए जुनसुकै सजाय भोग्न तयार रहेको समेत बताए ।
एउटै वडाको रहेपनि डाकटरी पढाईको सिलसिलामा अधिकांश समय आफू बाहिरै बस्नुपरेको तथा सामाजिक संजालमार्फत करिश्मासँग सम्पर्कमा आएको उनको भनाई छ । अहिले डाकटरीको थप पढाईका क्रममा मास्टर डिग्रिको तयारीमा लागिरहेको बेला केटी पक्षबाट बनाइएको दबाबले आफू मारमा पर्नुका साथै आफ्नो चरित्रहत्या समेत हुन थालेको उनले बताए ।
उनले यसअघि मोरङ जिल्ला अदालतमा विवाह दर्ताको सहमति पत्रमा आफ्नो हस्ताक्षर झुक्याएर गराइएको समेत दाबी पनि गरे ।
यता करिश्माले २०७६ साल असोज २८ गते नै दुबैको अभिभावकको सहमति र उपस्थितिमा सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा हिन्दु रिती रिवाज अनुसार विवाह सम्पन्न भएको र केही समयपछि माइतबाट दाइजो वापत ५० लाख रुँपैया लिएर आउन तथा बिराटनगरमा आफ्नो नाममा रहेको १ कठ जग्गा सासुको नाममा गराउन श्रीमान र ससुराली पक्षबाट निरन्तर दबाब र सोही निहुँमा शारीरिक र मानसिक यातना दिन थालेपछि न्यायका लागि अदालतको शरणमा पुगेको बताउँदै आएकी छिन् ।
उनले डा. देवसँग टिकोटालोपछी विवाह पनि सम्पन्न भएको दाबी गर्दै पेश गरेको प्रमाणकै आधारमा अदालतले न्याय गरेको बताइन् । “अहिले आएर बिहे नगरेको र दाइजो नमागेको भन्नुको कुनै तुक र औचित्य छैन्, उनले भनिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ