News Category 2080/01/21

लागुऔषधसहित दुई पक्राउ 

दैनिक समाचारदाता

लागुऔषधसहित दुई पक्राउ 

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।   

    सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. १० खडकपुरस्थित प्रहरीले मोटरसाइकलसहित दुई जनालाई बुधबार लागुऔषध पक्राउ गरेको छ । 
    ईलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटेको गस्ति टोलिले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स.६प.७३४७ नं.को मोटरसाइकललाई शंका लागि रोकेर चेक जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । 
    जिल्लाको सुरुङगा ८ मलहनवा बस्ने ३४ वर्षिय धर्मदेव साह र सोहि मोटरसाइकल पछाडी सवार १९ वर्षिय अनिल कुमार साहलाई नवकार्भ १ सय पिस, ओलाडक ५० पिस र जेपसन १० पिस ट्याबलेटसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    लागुऔषधसहित नियन्त्रणमा लिईएका दुबैजनालाई इलाका प्रहरी कार्यालय कडरबोनामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट