News Category 2080/01/21
तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
सप्तरीको रुपनी गाउँपालिकाले थप ३ सय विपन्न घरपरिवारका लागि फुसको छानो हटाउने अभियान अन्तर्गत सहयोग गर्ने भएको छ ।
विहिवार प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवको अध्यक्षतामा गाउँपालिकाको सभाकक्षमा वसेको सुरक्षित नागरिक आवास समन्वय समितीको बैठकले गरिब निमुखाका लागी सुरक्षित घर बनाउन थप ३ सय परिवारको पहिचान गरी शहरी विकास मन्त्रालयबाट आवश्यक बजेटका लागी पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा समितीका अर्का सदस्य जिल्ला समन्वय समितीका उपप्रमुख शम्भु यादव र सदस्य सचिव समेत रहेका सघन शहरी आयोजना कार्यालयका प्रमुख सचिन्द्र देव, रुपनी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत जामुन कुमार दास लगायतको सहभागिता रहेको थियो ।
फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगालागीका घट्ना हुदा ठूलो धनजनको क्षति हुने र बर्षेनी परालले छानो हाल्नु पर्ने समस्यालाई दृष्टिगत गरी गाउँपालिका क्षेत्र भित्र रहेको पुृmसको छानो विस्थापति गर्ने योजना अभियान कै रुपमा अघि बढेको गाउँपालिका अध्यक्ष यादवले बताए ।
उक्त पालिका क्षेत्र भित्र हाल सम्म २ सय ४६ वटा घरको पुृmसको छानो हटाई जस्तापाता सहितको सुरक्षित घर बनाउने काम धमाधम भइरहेकोमा थप ३ सय विपन्न परिवारका लागी त्यस्तो तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव सुरक्षित नागरिक अवास समन्वय समितीका सदस्य हुन भने प्रतिनीधी सभासदस्य यादव समितीका अध्यक्ष हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ