News Category 2080/01/22
बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
विराटनगरस्थित न्युरो अस्पतालमा चार दिनदेखि बन्धक बनाएर राखिएको समाजिक अभियन्ता दलित अगुवा ३८ वर्षिय बीरेन्द सदाको शव शुक्रवार आफन्तजनले घर ल्याएका छन् । शुक्रबारै उनको अन्त्येष्टि गरिएको छ ।
समाजिक क्षेत्रमा सक्रिय रहेका सदा नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय सदस्य समेत हुन । उपचार खर्चको बाँकि बक्यौता रकम तिर्न नसकेपछि शव ल्याउन परिवारजनले चन्दा सहयोग संकलन अभियान मात्र थालेनन् कागज गरेर साहु महाजनसँग २ लाख रुपैया ऋण समेत उठाएका छन ।
गाउँघरमा डुल्दै तथा समाजिक संजाल मार्फत सहयोगको याचना र कपाली कागज गरेर साहु महाजनबाट प्राप्त भएको रकमबाट बुबाको उपचार खर्च बुझाई शव ल्याएको छोरा अंकितले बताए ।
अस्पताल नजिकै रहेको आर्यन फार्मेसीलाई औषधी खरिद गरे वापतको २ लाख भन्दा बढी तथा श्रीमानको उपचारमा लागेको रकम मधये २ लाख भन्दा बढी रुपैया बुझाएर शुक्रवार साँझ अस्पतालबाट शव बुझेको मृतकका पत्नी मालतीले बताईन ।
अति विपन्न परिवारका सिरहाको मिर्चैया नगरपालिका ५ निवासी सदालाई ब्रेन ह्यामरेज भएपछी परिवारले उपचारका लागी चैत २८ गते विराटनगरको न्यूरो अस्पतालमा पु¥याएका थिए । २० दिन पछी बैशाख १९ मा उनको मृत्यु भयो ।
उपचार वापतको सम्पुर्ण रकम तिरेर मात्रै शव लैजान पाउने भन्दै अस्पतालले रोकेपछी सदा परिवार रकमको जोहो गर्न भौंतारिका थिए । आर्थिक अवस्था कमजोर भएकाले उपचार वापतको बाँकी रकम तिर्न न सक्ने अवस्था उत्पन्न भएपछी सदा परिवारले सुरुमा स्थानीय साहुसंग हार गुहार गरेर कागज गरी २ लाख जुटाएर औषधी पसल र अस्पताललाई बुझाएको मृतककी श्रीमती मालतीले बताइन ।
आईसियुमा राखेर लामो समय उपचार गर्दा अस्पतालको थप ३ लाख ३५ हजार तथा औषधी पसलको २ लाख ६५ हजार रुपैया खर्च पुगेपछी आपूmहरु थप तनावमा परेको मृतकका भतिजा आशिषले सुनाए ।
रकम संकलन भएपछी शुक्रवार अस्पताल र औषधी पसलको बक्यौता रकम बुझाएर बुआको शव पाएको छोरा अंकितले बताए । चन्दा संकलनमा सघाएका पचु माझीले शुक्रबार दिउँसोसम्म विभिन्न दाताहरुबाट २ लाख २० हजार रुँपैया सहयोगवापत प्राप्त भएको जानकारी दिए ।
अस्पताल प्रशासनका अधिकृत मातृका पोखरेलले सदा परिवारले औषधी बाहेक उपचार खर्च वापत थप ३ लाख ३५ हजार बुझाउन बाँकि रहेकोमा सम्भव भएजति छुट गरेर शव आफन्तलाई बुझाइएको जानकारी दिए । उनले सदाको शव बन्धक नराखिएको तथा सदाको परिवारले नै पंसाको जोहो गर्न जान्छु भन्दै हिडेको र चार दिनपछि मात्र सम्पर्कमा आएको दाबी समेत गरे ।
औषधी र उपचार खर्च जुटाउन् समाजसेवी दलित अगुवा पचु माझी मुसहरले समाजिक संजाल मार्फत अभियान चलाएको र त्यसपछी सहयोगी हातहरु थपिदै गएको अंकितले सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ