News Category 2080/01/22
कारागार क्षेत्रको अतिक्रमित जग्गा हटाउने तयारी
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख
राजविराज कारागारको अतिक्रमित जग्गा खाली गराउन स्थानिय प्रशासन तातेको छ । शुक्रबार कारागार परिसरमै बैठक बसि अतिक्रमित जग्गा खाली गराउने निर्णय पनि गरेको छ ।
स्थानिय प्रशासन, जनप्रतिनिधि, संचारकर्मी, सरोकारवाला निकायहरुको कारागार परिसरमै बसेको बैठकले अतिक्रमणले साँघुरो बन्दै गएको कारागार क्षेत्रलाई अतिक्रमणबाट मुक्त गराउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षण नरेन्द्र कार्की, कारागार प्रशासन तथा सरोकारवालाहरु सम्मिलित बैठकले आगामी आइतबार अतिक्रमित जग्गा खाली गराउने बारे सूचना प्रकाशित गरि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
यसअघि २०६६ साल चैत १२ गते पनि कारागार व्यवस्थापन विभागले जिल्ला प्रशासन कार्यालयलाई कारागार क्षेत्रमा भएको अतिक्रमण हटाउन पत्राचार गरेको थियो । तर विविध कारण देखाई अतिक्रमण हटाउने कार्यलाई अघि बढाउन सकिएको थिएन् ।
यससम्बन्धमा स्थानिय प्रशासनले यसअघि पनि पटक पटक सूचना जारि गर्दै कारागार क्षेत्रमा भएको अतिक्रमित जग्गा खाली गर्न समयसीमा नै तोकेर आग्रह गरे पनि वेवास्ता गरिदै आएको थियो ।
कारागारको कुल २ विगहा १३ कठ १९ धुर जग्गा रहेकामा १ विगहा ६ कठ १२ धुर जग्गा अतिक्रमणको चपेटमा परेको छ । सो जग्गामा विभिन्न व्यक्तिले अतिक्रमण गरि घरटहरा नै निर्माण गरेकाले १ विगहा ७ कठा् ७ धुर जग्गा मात्र कारागारले उपभोग गर्न पाएको र यसले कैदीबन्दीको ब्यवस्थापन र कारागार सुरक्षामा समेत समस्या भइरहेको कारागार प्रशासनले जनाएको छ ।
हाल कारागारमा कैदीबन्दी राख्ने भवन समेत जिर्ण अवस्था पुगेको छ । कारागारको १ सय २५ जना कैदीबन्दी राख्ने क्षमता रहेकोमा अहिले ३ सय भन्दा बढी कैदीबन्दी सो कारगारमा रहेका छन् ।
यता कारागारको अतिक्रमित जग्गा खाली गराउने चर्चा फेरी सुरु भएसँगै वर्षौदेखी त्यसक्षेत्रमा बसोवास गर्दै आएका स्थानिय वासिन्दाहरुले बैकल्पिक व्यवस्था गरेर मात्र आफुहरुलाई बिस्थापित गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ