News Category 2080/01/28
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
मामा घर आएकी एक बालिकाले मंगलबार मुसा मार्ने विषादी सेवन गरेर आत्महत्या गरेकी छिन् । सप्तरीको महादेवा गाउँपालिका ३ बलिया बथनाहाकी १३ वर्षिया बालिका प्रिति कुमारी यादवले विषादी सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
विषादी सेवनबाट गम्भिर बिरामी परेकी उनको उपचारको क्रममा बुधबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सप्तरीकै तिरहुत गाउँपालिका ४ डिमनमा मामा घर आएको बेला उनले मुसा मार्न प्रयोग गरिने विषादी सेवन गरेकी थिइन् । विषादी सेवन पश्चात् सिकिस्त भएकी उनलाई सुरुमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन ।
यो सँगै जिल्लामा तीन महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ३१ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ९० पुगेको छ । गत आ.ब. २०७८÷७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यता आत्महत्याको दर बढ्ने क्रम जारी रहदा स्थानीय समाज र प्रशासनले विभिन्न प्रयास थालेपनि न्यूनिकरण हुन भने सकेको छैन । प्रहरीले विगत तीन महिना यता आत्महत्या घट्ना न्युनिकरणका लागी विभिन्न पालिकामा सचेतना अभियान नै चलाएको छ । तर, पनि आत्महत्याका घटना दिनहुँजसो हुन थालेपछि यो विषय सबैको लागी टाउको दुखाई बनेको छ ।
विभिन्न घरायसी समस्या, श्रीमान श्रीमतीबीच वादविवाद, ऋणमा डुबेको, प्रेममा असफल, व्यापार घाटा, बेराजगारी लगायत अन्य विभिन्न समस्यासँग संघर्ष गर्न नसकि बाध्य भई आत्महत्याको बाटो रोज्नु परेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ