News Category 2080/01/28
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले राजबिराज नगरपालिकाको बिटौरी जग्गा लगायत जिल्ला भरिका गाउँ ब्लक, बाल बिटौरी, मिनही, जिरायत सहितको जग्गालाई दर्ता लालपुर्जा प्रदान गर्न ब्यबस्था मिलाउन माग गरेको छ ।
बिहीबार लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएको टोलीले ७ बुँदे मागसहित नापी शाखा प्रमुख शत्रुहन प्रसाद यादवलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
बुझाइएको ज्ञापनमा सो ती जग्गाहरुको नाप जाँच ऐन २०१९ र नेपाल राजपत्र २०७५ मा प्रकाशित सूचना अनुसार नाप नक्शा भई कानुन अनुसार ७ दिने सूचना २१ दिने सुचना प्रकाशित भए पनि उक्त जग्गाहरु दर्ता तर्फ उचित ध्यान नदिई हालसम्म सर्वसाधारण जनताले जग्गा धनी प्रमाण पूर्जा नपाएकोले सो तर्फ अविलम्ब ध्यान दिई कानुनी प्रक्रिया पुरा गराई जनतालाई धनी प्रमाण पूर्जा उपलब्ध गराउन माग गरिएको छ ।
त्यस्तै जिल्लाभरि गाउँ ब्लक, बिटौरी, बाल बिटौरी, मिनही, जिरायत समेतका जग्गाहरु नापी भई सम्पूर्ण कार्यहरु सम्पन्न भए पनि हालसम्म दर्तातर्फ कुनै प्रक्रिया बारे सूचना नभएकोले सो तर्फ ध्यान दिन आग्रह गरिएको छ ।
राजविराज नगर क्षेत्रमा मात्रै करिब ४२ सय परिवार वर्षौदेखी लालपूर्जा आफ्नो नाममा नभएको तथा नक्शा पास समेत रोकिदा समस्यामा छन् । जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोवास र विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखीत जग्गा बैंक र बित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट पनि बञ्चित भएका छन् ।
सो अवसरमा पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, उपेन्द्र साह, राजबिराज नगरपालिकाका पुर्ब मेयर शम्भु प्रसाद यादब, वडा नं. ६ अध्यक्ष शशी चौधरी, जिल्ला उपाध्यक्ष राजेन्द्र प्रसाद दास, कोषाध्यक्ष मनोज झा, मनोज देब, सह–सचिब जय नरायण यादब लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
सोही ज्ञापन पत्र भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग काठमाडौं, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुरधाम, जिल्ला प्रशासन कार्यालय सप्तरी र राजविराज नगरपालिकाको कार्यालयलाई समेत बोदार्थ गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ