News Category 2080/01/29

हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड

दैनिक समाचारदाता

हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख । 

    हरवा चरवा भूमि प्राप्ति सवाल विषयक अन्तरक्रिया कार्यक्रम सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बिहीवार सम्पन्न भएको छ । 
    द फ्रिडम फण्डको सहयोग तथा राष्ट्रिय भुमि आयोग सप्तरीको सहकार्यमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बक्ताहरुले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको लगत संकलनको काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 
    श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय भुमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादवले स्थानीय तहले भुमिहिन सुकुम्बासीको लागत संकलन गरेर दिए राष्ट्रिय भुमि आयोगले जग्गा खोजेर वितरण गर्ने बताए ।
    पहिलो चरणमा सप्तरीको अग्निसाईर कृष्णासबरण गाउँपालिकामा लालपुर्जा वितरण गरिसकेको र दोश्रो चरणमा सुरुगा नगरपालिकामा वितरणको तयारी भएको जानकारी दिनुहुँदै उनले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको लगत संकलनमा तदारुपता देखाउन स्थानीय तहसँग आग्रह गरे ।
    डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मुखियाले हरवा चरवाहरुले आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनुपर्ने बताउनुहुँदै त्यसमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बजेट अभावका कारण भुमिहिन सुकुम्बासीहरुको लगत संकलन गर्न नसकेको बताउनुहुँदै उनले जग्गाको तथ्यांक र सुकुम्बासी भुमिहिनहरुको लगत संकलनको काम अघि बढाईने बताए । 
    रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले आफ्नो गाउँपालिकामा कसैलाई उठिबास हुन नदिने र उठिबास भए यसको जिम्मेवारी गाउँपालिकाले लिने बताए । 
    हरवा चरवाहरुको पुर्नस्थापना, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि गाउँपालिकाले योजनाबद्व रुपमा अघि बढ्ने उल्लेख गर्नुहुँदै उहाँले हरवा चरवा परिवारले आफ्नो बच्चालाई शिक्षित बनाउने तर्फ ध्यान दिनुपर्ने बताए । 
    राष्ट्रिय भुमि अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डलले २०७९ साउन २ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हरवा चरवा मुक्त घोषणाा भएपनि पुर्नस्थापना र रोजगारीको योजना बनाउन नसकेको प्रति दुख व्यक्त गरे । 
    कही बाटो बनाउने नाममा त कही जग्गा खाली गराउने नाममा हरवा चरवा भुमिहिनहरुलाई उठिबास गराउने काम भईरहेको भन्दै उहाँले पहिले सुरक्षित बासको सुरक्षित गरेमात्र हरवा चरवा भुमिहिन सुकुम्बासीको घर भत्काउन आग्रह गरे । 
    नापी कार्यालय सप्तरीका प्रमुख सत्रुधन यादवले  सुकुम्बासी भुमिहिनहरुको लगत संकलनको काम भईरहेको र प्रक्रिया पु¥याएर जग्गा धनी पुर्जा वितरण गरिने बताए । लगत संकलनका लागि स्थानीय सरकारले सहयोग आग्रह गर्दै उनले भुमिहिन सुकुम्बासीहरुको लगत संकलन भएपछि जग्गा वितरणमा सहजता हुने विश्वास व्यक्त गरे । 
    कार्यक्रममा हरवा चरवा अधिकार मञ्च डाक्नेश्वरी नगर समितिका सदस्य रामदेव सदाले बर्षाैदेखि बस्दै आएको जग्गा  खाली गराउन मुद्दा हालेपछि हरवा चरवा परिवार उठिबासको समस्यामा परेको दुखेसो पोखे । 
    हरवा चरवा अधिकार मञ्च डाक्नेश्वरी नगर समितिका मधु सदाले पछिल्लो समय हरवा चरवा परिवार उठिबासको समस्यामा पर्दा पनि जनप्रतिनिधिको त्यसतर्फ ध्यान नदिएको बताए । हरवा चरवाहरुलाई स्वरोजगार कार्यक्रममा समेट्न आग्रह गर्दै विना पुर्वाग्रही सेवासुबिधा उपलब्ध गराउनुपर्ने बताए । 
    सो कार्यक्रममा शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास, राष्ट्रिय भुमि आयोग सप्तरीका सदस्यद्वय हरिनारायण महतो, अनारवति चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह लगायतले हरवा चरवाको पुर्नस्थापना र मुक्तिको घोषणा कार्यान्वयनमा सबै गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट