News Category 2080/01/31
वर्तमान गठबन्धनको सरकारलाई नै निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं प्रतिनीधी सभा सदस्य उपेन्द्र यादवले वर्तमान गठबन्धनको सरकारलाई नै निरन्तरता दिनु जरुरी रहेको बताएका छन् ।
पार्टीको जिल्ला समिती सप्तरीले उनको सम्मानमा आईतवार राजविराजमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले मुलुकमा संघियता पक्षधर र संघियता विरोधी गरी दुई किसिमको धु्रवीकरण बढिरहेको भन्दै वर्तमान सत्ता समिकरणलाई निरन्तरता दिन सके मात्र ऐतिहासिक परिवर्तनको उपलब्धीलाई सुरक्षित राख्न सकिने बताए ।
नेता यादवले वर्तमान सत्ता समिकरणकै आधारमा केन्द्र सरकारमा सहभागिता संगै प्रदेशमा पनि आलोपालो ससरकारको नेतृत्व गर्ने सहमती बढिरहेको उल्लेख गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तराष्ट्रिय स्तरमा समेत मूलुकको साख गिराउने काम गरेको भन्दै दोषिहरुमाथी कारवाही हुनसके मात्र मूलुको साख जोगिने बताए ।
जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित सम्मान समाहरोमा प्रदेश सभा सदस्य किरण कुमारी साह, पुर्व शिक्षा मन्त्री रेणु कुमारी यादव, महिला नेतृ रमिला कुमारी साह, जसपाका यूवा नेता युसुफ अलि, तारकेश्वर प्रसाद यादव, भीमराज यादव लगायतले शुभकामना दिदै पार्टी संगठन सुढुढिकरणका लागी चाल्नु पर्ने कदमबारे आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ