News Category 2080/01/31
मधेश कृषि विश्वविद्यालयमा स्नातक कक्षा संचालन

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
मधेश कृषि विश्वविद्यालयद्वारा आइतबार आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि जसपका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव तथा मधेश प्रदेशका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री महेश प्रसाद यादवले संयुक्त रुपमा कृषि स्नातक कक्षा शुभारम्भ समारोहको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले परम्परागत खेतीले जीवन निर्वाह भए पनि प्रगति गर्न नसकिने दावी गर्दै उनले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । उनले कृषिमा आधुनिकीकरणका लागि कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
प्रतिनिधीसभा सदस्य समेत रहेका अध्यक्ष यादवले कृषि प्रधान देशमा दक्ष जनशक्ति उत्पादन गर्न यस विश्वविद्यालयले ठूलो मद्दत पु¥याउने विश्वास व्यक्त गरे । शिक्षाको स्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले गुणस्तरीय शिक्षामा जोड दिए ।
यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारले आवश्यकता र औचित्यको आधारमा कृषि, सिंचाई, शिक्षा लगायतका छुट्टै मन्त्रालयहरु विस्तार गरी अगाडि बढेको बताए । प्रदेश सरकार कृषि र शिक्षालाई प्राथमिकतामा राखि काम अगाडि बढाएको भन्दै उनले उत्पादन एवम् रोजगारमूलक क्षेत्रहरुमा मधेश प्रदेश सरकारले बजेट विनियोजन गर्न लागेको जानकारी दिए ।
सोही समारोहमा शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशकुमार यादवले मधेशको साक्षरता प्रतिशत अन्यन्तै न्यून रहेकोले आफु जिम्मेवारी सम्हालेकै दिन मधेशलाई पूर्ण साक्षर प्रदेश बनाउने निर्णय गरेको बताए । ‘कुनै बेला बौद्धिकताको परिचय दिने मधेश प्रदेशका जिल्लाहरुको साक्षरताको अवस्था यतिबेला कहालीलाग्दो रहेको छ’ उनले भने, ‘मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउन हामी प्रतिवद्ध छौं ।’
कृषि विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा रजिष्टार डा.भगवान ठाकुर, प्रदेश नीति आयोगका अध्यक्ष डा. नाथुराम चौधरी लगायतले कक्षा संचालनपछि कृषि शिक्षाका साथै कृषि क्षेत्रको विकासमा समेत ठेवा पुग्ने विश्वास व्यक्त गरे । हाल बीएसी एजी अध्ययनका लागि ५० जना विद्यार्थीले भर्ना लिएको विश्वविद्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ