News Category 2080/02/01
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
बाउन्ड्री वाल नहुदाँ बिधालय संचालन सँगै पठनपाठनमा कठिनाई हुने गरेको भन्दै राजबिराज वडा १२ स्थित दमाबतीको राष्ट्रिय आधारभुत बिधालयको बाउन्ड्री वाल निर्माण हुने भएको छ ।
विकासको मूल आधार नै शिक्षा रहेकोले आफ्नो पहिलो प्राथमिकतामा शिक्षा क्षेत्र नै परेको भन्दै प्रदेश सांसद किरण कुमारी साहले बाउण्ड्री वाल निर्माण कार्यको सोमबार शिलान्यास गरेकी छिन् ।
उनको संसदीय विकास कोषबाट निर्माण हुन लागेको बाउण्ड्री वालले बालबालिकाको सुरक्षा र सहज शैक्षिक वातावरण निर्माणमा मद्दत पुग्ने विश्वास गरिएको छ ।
शिलान्यासको क्रममा उनले जनताका बीच शिक्षामा आमूल परिवर्तन गर्ने प्रतिबद्धता बमोजिम सामुदायिक विद्यालयको शैक्षिक वातावरण र गुणस्तरमा सुधार ल्याउन आफ्नो संसदीय विकास कोषको बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्ने योजनाको साथ अघि बढेको बताइन् ।
उनले आफूले प्राप्त गर्ने बजेट शिक्षा सँगै अन्य विशेष अतिआवश्यक र ठोस काममा लगानी गर्ने प्रतिबद्धता जनाउँदै विकासको मुल आधार शिक्षा रहेकोले यसलाई अभियानको रुपमा सुदृढीकरण गर्नुपर्नेमा जोड दिईन ।
आधारभुत बिधालय दमावतीको पुर्वाधार नाजुक अबस्थामा रहेको उक्त बिधालयको लागि संसदीय कोषबाट बाउण्ड्री बाल निर्माण कार्यको शिलान्यास गरेको बताईन ।
कार्यक्रममा जसपा स्थानिय नेता शैलेन्द्र यादव, राम अवतार यादव लगायत स्थानीय वडावासीहरूको उपस्थिति रहेको थियो । उक्त बाउन्ड्री वालको निर्माण जेष्ठ मसान्त भित्र सम्पन्न गर्ने उपभोक्ता समितिले जनाएको छ । उनले आप्mनो संसदिय कोषवाट कुल ५ लाखको लागतमा बाउन्ड्री बनाउन लागेको बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ