News Category 2080/02/01
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
बाउन्ड्री वाल नहुदाँ बिधालय संचालन सँगै पठनपाठनमा कठिनाई हुने गरेको भन्दै राजबिराज वडा १२ स्थित दमाबतीको राष्ट्रिय आधारभुत बिधालयको बाउन्ड्री वाल निर्माण हुने भएको छ ।
विकासको मूल आधार नै शिक्षा रहेकोले आफ्नो पहिलो प्राथमिकतामा शिक्षा क्षेत्र नै परेको भन्दै प्रदेश सांसद किरण कुमारी साहले बाउण्ड्री वाल निर्माण कार्यको सोमबार शिलान्यास गरेकी छिन् ।
उनको संसदीय विकास कोषबाट निर्माण हुन लागेको बाउण्ड्री वालले बालबालिकाको सुरक्षा र सहज शैक्षिक वातावरण निर्माणमा मद्दत पुग्ने विश्वास गरिएको छ ।
शिलान्यासको क्रममा उनले जनताका बीच शिक्षामा आमूल परिवर्तन गर्ने प्रतिबद्धता बमोजिम सामुदायिक विद्यालयको शैक्षिक वातावरण र गुणस्तरमा सुधार ल्याउन आफ्नो संसदीय विकास कोषको बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्ने योजनाको साथ अघि बढेको बताइन् ।
उनले आफूले प्राप्त गर्ने बजेट शिक्षा सँगै अन्य विशेष अतिआवश्यक र ठोस काममा लगानी गर्ने प्रतिबद्धता जनाउँदै विकासको मुल आधार शिक्षा रहेकोले यसलाई अभियानको रुपमा सुदृढीकरण गर्नुपर्नेमा जोड दिईन ।
आधारभुत बिधालय दमावतीको पुर्वाधार नाजुक अबस्थामा रहेको उक्त बिधालयको लागि संसदीय कोषबाट बाउण्ड्री बाल निर्माण कार्यको शिलान्यास गरेको बताईन ।
कार्यक्रममा जसपा स्थानिय नेता शैलेन्द्र यादव, राम अवतार यादव लगायत स्थानीय वडावासीहरूको उपस्थिति रहेको थियो । उक्त बाउन्ड्री वालको निर्माण जेष्ठ मसान्त भित्र सम्पन्न गर्ने उपभोक्ता समितिले जनाएको छ । उनले आप्mनो संसदिय कोषवाट कुल ५ लाखको लागतमा बाउन्ड्री बनाउन लागेको बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ