News Category 2080/02/01
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
“सडक सुरक्षा सप्ताह” नाम दिई सुरु भएको ट्राफिक सचेतना कार्यक्रम अभियानकै रुपमा सोमबारदेखी संचालन भएको छ ।
जिल्लामा सडक दुर्घटना तिब्र रुपमा बढ्दै गएका बेला न्युनिकरण गर्ने उद्देश्यले सप्ताहब्यापी सचेतनामूलक कार्यक्रम जेठ ७ गतेसम्म संचालन हुने जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीले जनाएको छ ।
उक्त अभियानको एक समारोहबीच जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले उद्घाटन गरेका छन् । सडक सुरक्षा सप्ताहको पहिलो दिन सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज लक्ष्मण गिरी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र कुमार दासका साथै विभिन्न विद्यालयका छात्रछात्रा र संघसंस्थाका प्रतिनिधीहरुको सहभागितामा निस्केको ¥याली ट्राफिक सचेतना सम्बन्धी पर्चा, पम्प्लेट बाड्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
नगर परिक्रममा पश्चात् आयोजिक कार्यक्रममा सहभागि वक्ताहरुले सडक दुर्घटनाबाट बच्न र यात्रुहरुको जिवन रक्षाका लागि अपनाउनु पर्ने सावधानी बारे आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ