News Category 2080/02/01
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
“सडक सुरक्षा सप्ताह” नाम दिई सुरु भएको ट्राफिक सचेतना कार्यक्रम अभियानकै रुपमा सोमबारदेखी संचालन भएको छ ।
जिल्लामा सडक दुर्घटना तिब्र रुपमा बढ्दै गएका बेला न्युनिकरण गर्ने उद्देश्यले सप्ताहब्यापी सचेतनामूलक कार्यक्रम जेठ ७ गतेसम्म संचालन हुने जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीले जनाएको छ ।
उक्त अभियानको एक समारोहबीच जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले उद्घाटन गरेका छन् । सडक सुरक्षा सप्ताहको पहिलो दिन सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज लक्ष्मण गिरी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र कुमार दासका साथै विभिन्न विद्यालयका छात्रछात्रा र संघसंस्थाका प्रतिनिधीहरुको सहभागितामा निस्केको ¥याली ट्राफिक सचेतना सम्बन्धी पर्चा, पम्प्लेट बाड्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
नगर परिक्रममा पश्चात् आयोजिक कार्यक्रममा सहभागि वक्ताहरुले सडक दुर्घटनाबाट बच्न र यात्रुहरुको जिवन रक्षाका लागि अपनाउनु पर्ने सावधानी बारे आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ