News Category 2080/02/02
२१ वर्षअघि नेपाली क्रिकेटले गुमाएको एसिया कप यसपाली खेल्ने

चन्दन यादव
राजविराज, २ जेठ ।
नेपाली क्रिकेट टोलीले २१ बर्षअघि गुमाएको एसिया कप यसपाली खेल्ने भएको छ । एसिसी प्रिमियर कपमा युएईलाई पराजित गर्दै उपाधी माथि कब्जा गरेपछि नेपाल सिधै एसिया कप खेल्ने सपना पूरा भएको हो ।
एशिया कपमा नेपाली टोलीले भारत र पाकिस्तानजस्ता शक्तिशाली टोलीसँग खेल्ने अवसर पाउने भएको छ । सन् २००२ मा मलेशियालाई २५ रनले पराजित गर्दै नेपालले फाइनलमा प्रवेश पाएसँगै पहिलो पटक एशिया कपको लागि छनोट भएको थियो ।
तर, त्यतिबेला प्राविधिक कारणले सो प्रतियोगिता स्थगित हुन पुगेको थियो । त्यति बेला एसीसी ट्रफीका शीर्ष दुई टोली एशिया कपमा छनोट हुने प्रावधान थियो ।
फाइनलमा यूएईसँग ६ विकेटले हारे पनि नेपालले त्यसअघि नै विजयोत्सव मनाइसकेको थियो । सिंगापुरमा आयोजित एसिसी ट्रफी क्रिकेट प्रतियोगिता २०५९ मा उपबिजेता नेपाली टोलीलाई नेपाल सरकारले बधाई ज्ञापन कार्यक्रमको आयोजना गरेको थियो ।
तत्कालिन टोलीका सहायक प्रशिक्षक राजकुमार दासले भने, “त्यतीवेला सप्तरीबाट म सँगै टोलीका सदस्यमा दिपेन्द्र चौधरी र महबुव आलम पूर्वाञ्चलबाट ९ जनाले प्रतिनिधित्व गरेका थिए ।”
अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको ६ वर्षमै नेपालले अत्यन्तै ठूलो उपलब्धि हात पारेको थियो । यो सफलतापछि नेपाली क्रिकेटप्रेमीहरू निकै हर्षित भएका थिए । नेपाल क्रिकेट संघका तत्कालीन उपाध्यक्ष श्रीहर्ष कोइराला नेपाली टोलीका प्रबन्धक थिए । वास्तवमा त्यति बेलासम्म अहिलेको जस्तो नेपाली क्रिकेट टोलीको त्यति ठूलो चर्चा थिएन । तर सिङ्गापुरबाट फर्किएपछि खेलाडीहरूले नसोचेको सम्मान पाए ।
सुन्धाराको एउटा पसलले बोलाएर खेलाडीहरूलाई शर्ट र पाइन्ट उपहार दिएको उनले सुनाए । त्यसपछि आ–आफ्ना जिल्लामा खेलाडीहरूले सम्मान र स्वागत पनि पाए । बीअर उत्पादन गर्ने काठमाण्डुस्थित एउटा पाँचतारे होटलमा कार्यक्रम आयोजना गर्दै प्रत्येक खेलाडीलाई १०÷१० हजार नगद रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको तत्कालिन सहायक प्रशिक्षक दासले सुनाए ।
क्रिकेट टोलीका सदस्य सञ्जम रेग्मी भन्छन्, “त्यति बेला खेलाडीहरूले पाएको त्यो रकम निकै ठूलो थियो । मैले पाएको रकम होटलमा खसाएको भेटेपछि सम्मानमा आएका नायक राजेश हमालले मलाई फर्काए ।”
श्रीलङ्काली प्रशिक्षक रोय डायस नेपाली टोली सम्हाल्न आएका थिए । कीर्तिपुर मैदानमा पनि सुविधा थपिने क्रममै थियो । यस्तो टोलीले एकै पटक भारत, पाकिस्तान र श्रीलङ्काजस्ता टेस्ट राष्ट्रसँग खेल्न लागेको थियो । खेलाडीहरू अचम्मको अनुभूति गरिरहेका थिए । राजु खड्काको नेतृत्वमा रहेको नेपाली टोलीमा त्यति बेला परेश लोहनी उपकप्तान थिए । महबुब आलम र विनोद दास प्रमुख बलर थिए भने स्पिनको जिम्मा सञ्जम रेग्मी, शक्ति गौचन र राजकुमार प्रधानको काँधमा थियो ।
अन्य खेलाडीहरूमा वरदान चालिसे, दीपेन्द्र चौधरी, मञ्जित श्रेष्ठ, मनोज कटुवाल, गणेश शाही, लाक्पा लामा थिए । टोलीको व्यवस्थापक श्रीहर्ष कोइराला थिए भने सहायक व्यवस्थापक रणबहादुर बम थिए । त्यस्तै मुख्य प्रशिक्षक रोय डायस थिए भने सहायक प्रशिक्षक राजकुमार दास थिए ।
यसपालिको एशिया कप पाकिस्तानमा हुन लागेको छ । भारत र पाकिस्तानबीच विद्यमान द्वन्द्वका कारण एशिया कप फेरि पनि प्रभावित हुने हो कि र कतै नेपालले फेरि एशिया कप खेल्ने अवसरबाट वञ्चित हुने हो कि भन्ने डर बढेको छ ।
आयोजक पाकिस्तानमा गएर नखेल्ने भारतको घोषणा र त्यसपछि न्यूट्रल भेन्यूु अर्थात् तटस्थ मैदानमा भारतको खेल खेलाउने विकल्पबारे पनि अहिलेसम्म सहमति जुट्न नसकेको खबरहरू सार्वजनिक भएका छन् । प्रतियोगिता नै रद्द हुनेसम्मको चर्चा पनि चलिरहेको छ ।
नेपालको हकमा एशिया कपको ठूलो महत्व छ । अहिलेको नेपाली राष्ट्रिय टोली सन् २००२ जस्तो कमजोर छैन । यो सशक्त छ र विश्व क्रिकेटमा नयाँ सफलतातिर अग्रसर देखिन्छ । नेपाल क्रिकेटका कतिपय पदाधिकारीहरूका अनुसार ‘एशिया कप होस् वा अर्को नयाँ प्रतियोगिता, नेपालको सहभागिता भने पक्कै हुने छ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ