News Category 2080/02/04
सामुदायिक सेवा केन्द्र सप्तरीको अध्यक्षमा दास निर्विरोध
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
सामुदायिक सेवा केन्द्र सप्तरीको अध्यक्षमा धिरेन्द्रकुमार दास निर्विरोध निर्वाचित भएका छन् । दासको अध्यक्षतामा बिहीबार १५ सदस्यीय नयाँ कार्यसमिति समेत गठन भएको छ ।
शाखाको उपाध्यक्षमा बबिताकुमारी देब, सचिवमा संजय कुमार शर्मा, सहसचिवमा संजयकुमार साह र कोषाध्यक्षमा भोलानाथ चौधरी निर्वाचित भएको निर्वाचन संयोजकमनोहर पोखरेलले जानकारी दिएका छन् ।
यसैगरी सदस्यहरुमा एनेश्वर दास, जुगलकिसोर मुखिया, दिलिपकुमार दास, देबानन्द चौधरी, नारायण साहु रौनियार, नेत्र कुमार दास, पंकजकुमार सरकार, मुकेश कुमार यादव, सेराज अन्सारी र ज्ञानु देबी भट्टराई निर्विरोध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
राजविराजमा गत वैशाख २३ गते मधेस प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री महेशकुमार यादवले पाँचौ साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका थिए ।
समुदायमा मेलमिलापको माध्यमबाट शान्ति स्थापना गर्न भूमिका निर्वाह गर्दै आएको सामुदायिक सेवा केन्द्रले जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । सामुदायिक सेवा केन्द्र सप्तरीमा २ सय ४८ जनाआजिवन सदस्य रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ