News Category 2080/02/04

क्याम्पसको हरित पार्कमा आगलागि

दैनिक समाचारदाता

क्याम्पसको हरित पार्कमा आगलागि

दैनिक समाचारदाता
राजविराज, ४ जेठ । 

    राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पस परिसरमा रहेको हरित पार्क (फुलबारी)मा बुधबारराती आगलागि भएको छ । 
    अचानक लागेको आगलागिमा पार्कमा लगाइएको विभिन्न जातका फुलका बोट तथा चाइनिज घास जलेर नष्ट भएको छ । 
    क्याम्पस प्रशासनका अनुसार आगोका कारण फुलबारी र हराभरा बनाउन रोपिएको घासको केही भाग जलेर नष्ट भएको हो । आगलागमा कुनै मानविय तथा अन्य भौतिक क्षति भएको छैन । 
    गत आ.ब.मा डिभिजन वन कार्यालय सप्तरीको आर्थिक सहयोगमा क्याम्पस परिसरमा सो हरित पार्क २५ लाखको बजेटमा निर्माण भएको थियो । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट