News Category 2080/02/07
सवारी दुर्घटनामा ६ जना घाइते
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
राजबिराज नगरपालिका वडा नं. २ तेतरीगाछीस्थित राजबिराज हनुमाननगर सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुबैका चालक घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेको को.१५प.७९४० नं.को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्रदेश २–०१–००३प.९१९७ नं.को मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट को.१५प.७९४० नं.को मोटरसाइकल चालक तिलाठी कोइलाडि ७ मंसापुर निवासी २५ वर्षिय उपेन्द्र मण्डल र प्रदेश २–०१–००३प.९१९७ नं.को मोटरसाइकल चालक छिन्नमस्ता १ बिरपुर निवासी २५ वर्षिय राजेश यादव घाइते भएका छन् । उनीहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा समान्य उपचार पश्चात् थप उपचारको लागी बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।
यस्तै शनिबारै जिल्लाको कंचनरुप नगरपालिक ६ परेमारास्थित भित्री सडक खण्डमा पैदल यात्रीलाई बचाउने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।
कंचनपुरबाट फत्तेपुरतर्फ जादै गरेको को.२६प.३८७२ नं. को मोटरसाइकल दुर्घटना हुँदा चालक उदयपुरको त्रियुगा नगरपालिका ३ गाईघाट मटिगढा बस्ने ३० वर्षिय रोहित चौधरी घाइते भएका छन् ।
यस्तै मोटरसाइकल पछाडि सवार स्थानिय २८ वर्षिय अनिल ठकुरी पनि घाइते भएको प्रहरीले जनाएको छ । दुबै जनाको धर्मेश्वर अस्पताल ठेलियामा सामान्य उपचार पश्चात थप उपाचरको लागि बिराटनगर तर्फ पठाईएको तथा पैदल यात्रि सप्तकोशी ११ निवासी १८ वर्षिय भोला नाथ सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरि शनिबारै राजबिराज नगरपालिका २ स्थित राजदेबीबाट तेतरीगाछि आउदै गरेको स.८प.७८४१ नं. मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
दुर्घटनामा ३५ वर्षिय अम्जद अंसारी घाइते भएका छन् । उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ