News Category 2080/02/13
बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
विद्यालयमा अध्ययनरत बालबालिकालाई विपद्को जोखिमबाट हुने असरबाट जोगाउन तथा समुदायमा सन्देश प्रवाह गर्न तिलाठी कोइलाडी गाउँपालिकाले विपद् जोखिम न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा सो अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कुनै पनि खालको विपद्मा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको तथा विपद् पश्चात बालबालिकाले आफ्नो बालअधिकारको उपयोग तथा उपभोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न हुने गरेकोले बालबालिकालाई विपद्को जोखिमबाट जोगाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले बताए ।
वालवालिकाहरुको क्षमता अभिवृद्धि गरी उनीहरुले आप्mनो आवाज उठाउन सकुन् र सम्वन्धित निकायले उनीहरुको समस्या तथा कुरा सुनुन्, जसले विपद जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय स्तरीय बालक्लबका सदस्यहरुका लागि विपद् जोखिम न्युनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत झाले जानकारी दिए ।
बालवालिकाहरुले स्वयं आफैले जोखिम पहिचान गर्न, विश्लेषण गर्न, योजना बनाई कार्यान्वयन गर्न र जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा बाालबालिकाहरुले आफनो ज्ञान, सीपको प्रयोग गरेर प्रौढहरुसंगै सुरक्षित र उत्थानशील समुदाय बनाउन योगदान दिन सक्षम बनाउनु कार्यक्रमको उद्देश्य रहेको झाले बताए ।
सो अभिमुखीकरण कार्यक्रम तिलाठी कोइलाडी गाउँपालिकाको राजेन्द्र देवकी मावि कोइलाडी, लक्ष्मी बल्लभ नरसिंह मावि बभनगामाकट्टी, जनतामावि तोपा, पब्लिक मावि लौनियाँ तिलाठी, उमेश्वर आधारभूत विद्यालय लौनियाँ, राजाजी आधारभूत विद्यालय बनरझुला र कृष्णकुमारी देवी राजपुत मेमोरियल आधारभूत विद्यालय बर्साइनमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ